राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

एमालेबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीको उम्मेदवारी दर्ता

एमालेबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीको उम्मेदवारी दर्ता

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्ष पदमा एमालेबाट विमला घिमिरे र नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन्। बुधबार हुने उपाध्यक्षको निर्वाचनका लागि सङ्घीय संसद् भवनको ल्होत्से हलमा पुगेर घिमिरे र  पुडासैनीले उम्मेदवारी दर्ता गराएका हुन्।

null

एमालेले यस अगाडि नै उनलाई उम्मेदवारी बनाउने घोषणा गरेको थियो। घिमिरेलाई नयाँ सत्ता समीकरणको साथ रहेको छ।

पुडासैनीलाई आज बिहान बसेको कांग्रेस संसदीय कार्यसमितिको बैठकले उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको थियो। तत्कालीन कांग्रेस-माओवादीको गठबन्धनबाट उम्मेदवार बनेकी पुडासैनी बागमती प्रदेशबाट निर्वाचित भएकी हुन्। 

null

संसद सचिवालयका अनुसार मनोनयन दर्ताका लागि आज बिहान ११:४५ बजेदेखि १:४५ बजेसम्म समय तालिका तोकिएको छ। निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो नै दर्ता भएका प्रस्तावको सूची प्रकाशन गरिने छ। उक्त प्रस्तावलाई राष्ट्रिय सभाको चैत २८ गते बुधबार बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। 

२०७९ माघ ३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले चैत्र १५ गते राजीनामा दिएकी हुन्। एमाले नेतृत्वको नयाँ समीकरण बनेपछि चार दलबीच राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेले पाउने सहमति भएको थियो। सोही अनुसार गणेश तिमल्सिनाको कार्यकाल सकिएपछि राष्ट्रियसभा अध्यक्षमा  नारायणप्रसाद दाहाल निर्वाचित भएका थिए।

५९ सदस्यीय राष्ट्रिय सभामा सरकारले एक जना मनोनित गर्न बाँकी रहेको छ। अहिले संसदमा नेकपा (माओवादी केन्द्र) का १७, नेपाली कांग्रेसका १६, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) का ८, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका १/१ र २ जना मनोनीत सदस्य छन्। राष्ट्रिय सभामा नयाँ सत्ता समीकरणको बहुमत छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.