राप्रपाको जनप्रदर्शनमा धरपडक गरेको भन्दै कांग्रेस गण्डकीको आपत्ति
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जनप्रदर्शनमा सरकारले धरपकड गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले विज्ञप्ति जारी गरेर राप्रपाको काठमाडौंमा भएको प्रदर्शनमा धरपकड हुनु दुःखद भएको बताएका हुन्।
'शान्तिपूर्ण प्रर्दशनमा सहभागीहरूलाई लाठी चार्ज गर्ने, पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी गम्भीर घाइते बनाइएको, केही सहभागीलाई पक्राउ गरिएकोप्रति नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ। यस घटनाको घोर निन्दा गर्दै घाइतेहरूको उपचार गर्न र पक्राउ गरिएकाहरूको बिना सर्त तुरुन्त रिहाइको माग गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।