कारको ठक्करबाट पैदलयात्रीको मृत्यु
धरान : सुनसरीको ईटहरी उपमहानगरपालिका-२ हलगडा चोकमा गए राति कारको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । कारको ठक्करबाट भोजपुर घर भएका ५२ वर्षीय जय बहादुर राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक सुभाष केसीले जानकारी दिए ।
धरानबाट ईटहरीतर्फ आउँदै गरेको प्रदेश १-०२९ च ९४५९ नम्बरको कारले बाटोमा हिँडिरहेका राइलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
भोजपुरको हतुवागढी गाउँपालिका-६ घर भई ईटहरी-२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बिपी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए । ठक्कर दिने चालक र कारलाई इटहरी प्रहरीले नियन्त्रणमा लिएको छ ।