कांग्रेसलाई माओवादी सांसदको जवाफ

‘राज्यका निकायले दिएको तथ्यका आधारमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुभएको हो’

‘राज्यका निकायले दिएको तथ्यका आधारमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुभएको हो’
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राज्यका निकायले दिएको तथ्य र प्रमाणका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा जवाफ दिएको बताएका हुन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्ताको दाउपेच र मन्थनको रुपमा संसद बनाउनु नहुने धारणा राखेका हुन्। उनले कानुन बनाउने अधिवेशन भएकाले यसलाई अवरोध गर्न नहुने बताए। 

उनले सहकारीका पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा सबै एक मत रहेको बताए। प्रतिपक्ष दलका सांसद रामहरी खतिवडाले प्रधानमन्त्रीले छानबिन नगरी फैसला गरेको आरोप लगाएपछि उनले प्रतिपक्षले चित्त बुझ्दो नहुन सक्ने भएपनि नदिँदा प्रधानमन्त्री हरायो भन्ने उत्तर दिँदा फैसला गर्‍यो भन्नु नहुने धारणा राखे। ‘राज्यका मेकानिजमले दिएका तथ्य र प्रमाणको आधारमा बोल्नुभएको हो। प्रधानमन्त्रीले फैसला गर्नुभएको होइन। राज्यका निकायले दिएका तथ्यका आधारमा संसदमा जवाफ दिनुभएको हो।’ उनले भने,‘प्रतिपक्ष र सत्ता पक्षका सांसदलाई के भन्न चाहन्छु भने अमुक रुपमा कुनै व्यक्ति विशेषलाई खुइल्याउने काम नगरौं।’

कांग्रेसले रवि लामिछानेको विषय उठाएपछि आफूले यस विषयमा अध्ययन गरेको र कुनै सहकारी संस्थाको बोर्डमा या लेखा समिति वा कुनै समितिमा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता नभएको जवाफ दिएका थिए। उनले सुर्यदर्शन सहकारीका पिडितकर्ताहरुले गरेको उजुरीमा कुनै व्यक्तिको नाम उल्लेख नभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले रवि लामिछाने सहकारी प्रकरणमा संलग्न नभएको अनुसन्धानबाट देखिएको बताएका थिए।

प्रधानमन्त्री प्रचण्डले लामिछाने सरकारमा आउनु अघि नै उनको संलग्नता सहकारी प्रकरणमा नभएको देखिएको स्पष्ट पारेका थिए।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.