‘वुमन कार र्‍याली’ ले गर्नेछ, जिन्दगीमा गाडी हाँक्न प्रेरित

‘वुमन कार र्‍याली’ ले गर्नेछ, जिन्दगीमा गाडी हाँक्न प्रेरित
रीतु सिंह वैद्य, प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट।
सुन्नुहोस्

काठमाडौं : ‘आफ्नो जिन्दगीको गाडी आफैं हाँक्नुस्’ भन्ने सांकेतिक सन्देशस्वरूप दुई दशकदेखि सुरु गरेको टोयोटा नेपालले बर्सेनि वुमेन्स कार र्‍याली गर्दै आएको छ। यस वर्ष पनि सोही सन्देश दिने उद्देश्यले आयोजित कार र्‍यालीमा ५० महिला सहभागी हुँदैछन्। उनीहरूले आगामी वैशाख ८ गते शनिबार राजधानीमा ३० किलोमिटरको दूरीमा कार गुडाउने छन्।

महिलालाई प्रोत्साहन पनि गरोस् भनेर जिन्दगीको गाडी पनि आफैं हाँक्न प्रेरित गर्ने सामाजिक सन्देशसहित र्‍याली सुरु गरिएको बताउँछिन् युनाइटेड ट्रेडर्स सिन्डिकेटको प्रबन्ध निर्देशक रीतु सिंह वैद्य। सन् २००४ बाट र्‍याली सुरु गरेको टोयोटाको वुमन र्‍यालीमा त्यतिबेला महिला चालक कम भएको उनले बताइन्। २० वर्षअघि नेपालमा टोयोटाले सुरु गरेकोमा यसबीच समग्र महिलामा नेतृत्व विकास गराउन महिलालाई प्रवद्र्धन गर्न टोयोटा नेपालले अहम् भूमिका खेलेको देखिन्छ। टोयोटा नेपालले महिलालाई मात्र सहभागी गराएर कार र्‍याली आयोजना गर्दा यो निकै नयाँ कन्सेप्ट थियो। प्रबन्ध निर्देशक वैद्य भन्छिन्, ‘नेपालमा गरेको यो सुरुवातबाट सिक्दै टोयोटाले अरू देशमा पनि महिला कार र्‍याली आयोजना गर्दै आएको उनले जनाइन्। उनका अनुसार यसै वर्ष साउदी अरबको टोयोटाको डिलरले पनि कार र्‍याली सुरु गरेको छ। ‘उनीहरूले पनि हामीहरूले गरेजस्तै थिममा रहेर अघि बढ्न खोजेका छन्,’ उनले भनिन्, ‘हाम्रो सिकाइलाई उनीहरूले अवलम्बन गर्ने भएका छन्।’

र्‍यालीमा महिला नै किन भन्ने प्रश्नमा उनी भन्छिन्, ‘हामीले महिलालाई प्रोत्साहन गरेका हौं। मुख्य चालक महिला नै हुनुपर्छ तर साइडमा बस्ने जो भए पनि हुन्छ। महिलाहरू पनि कार चलाउन सक्छन् भन्ने सन्देश यो र्‍यालीले दिएका छ। महिलालाई यसले धेरै प्रोत्साहन मिलेको छ। सन् २०११ सम्म देशमा धेरै कार चलाउने महिलाको संख्या निकै कम थिए। विस्तारै संख्या बढ्न थालेको र्‍यालीमा सहभागिता जनाउन आवेदन दिनको संख्याले देखाउँछ।’ केही वर्ष रोकिएको यो कार र्‍याली पुनः आयोजना गर्ने तयारीमा रहेको छ। टोयोटा नेपालले महिला र पुरुषमा कहिल्यै फरक व्यवहार गरेको छैन। तर यो र्‍यालीले बढी महिलालाई प्रेरित गर्न आयोजना हुँदैछ। महिलाहरू ड्राइभिङमा प्रतिष्ठित हुन्, उनीहरूले ड्राइभिङ स्पिड कसरी नियन्त्रण राख्ने, लेनको पालना, ओभरटेक कसरी गर्ने लगायतबारे ड्राइभिङ निर्णय गरून् भन्ने सोच आयोजकको छ। प्रबन्ध निर्देशक रीतु सिंह वैद्यका अनुसार अहिलेसम्मको यस्तो र्‍याली उपलब्धिमूलक ठानिएको छ। आत्मविश्वास भएका महिलाहरू मात्रै यो र्‍यालीमा सहभागी हुन्छन्। ‘यसबाट मनोवृत्ति व्यक्तित्व पनि जगाउन खोजेका हौं। सहभागी हुन शुल्क तिरेर आफैं फारम भरेर आत्मविश्वासका साथ आउनु र र्‍यालीमा रम्न इच्छा देखाउनु सकारात्मक पक्ष हो। यसले महिलाको निर्णय गर्ने क्षमता पनि विकास गर्नेछ। यसमा भाग लिनु पनि एक प्रकारको उपलब्धि हो,’ उनले अन्नपूर्णसँग भनिन्।

यसमा सहभागी हुन टोयोटा ब्रान्डका कार मात्रै भन्ने छैन। जुनसुकै ब्रान्डका कार भएका महिलाहरू सहभागी हुन पाउँछन्। तर सहभागीको सूची भने कम्पनीको फेसबुक पेज तथा वेभसाइडबाट दर्ता खुलाएर तयार भइसकेको छ। विभिन्न क्षेत्रका इच्छुक महिलाले तीन हजार शुल्क तिरेर यसमा सहभागिता जनाएका छन्। यसअघि ६० जनासम्म सहभागी गराएकोमा यसपटक भने ट्राफिक जामको समस्याले ५० जनाको सीमित कोटा रहेको आयोजकले बताएको छ। र्‍यालीमा विशेष गरेर राजधानीका धार्मिक तीर्थस्थल पायक बनाएर ड्राइभिङ गराइन्छ। यसमा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीलाई आकर्षक पुरस्कारको पनि व्यवस्था गरिएको छ। तर यो र्‍यालीमा ड्राइभिङको गति, समयावधिलगायत पारदर्शिता हेर्न र मूल्यांकन गर्ने जिम्मेवारी नासालाई दिइएको छ। यद्यपि साथमा टोयोटाको टिमले पनि हेर्नेछ।

र्‍यालीपश्चात् गोकर्ण रिसोर्टमा महिला उद्यमीमार्फत विभिन्न स्टलहरू पनि राखिनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.