अर्थमन्त्री पुन अमेरिका जाँदै
![अर्थमन्त्री पुन अमेरिका जाँदै](https://annapurnapost.prixacdn.net/media/albums/pun_K8VOLpSZmH_j1tTCOja6E.jpg)
काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अमेरिका भ्रमणमा जाने भएका छन्। विश्व बैंकको कार्यक्रममा सहभागी हुन उनी वैशाख ३ गते अमेरिका भ्रमणमा जान लागेका हुन्।
मन्त्री पुन अमेरिकामा एक साता बस्नेछन्। सो दौरानमा अमेरिकी अधिकारीहरू र राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।
पुनले अर्थ मन्त्रालय सम्हालेदेखि नेपालको अर्थतन्त्रलाई सुधार गर्ने प्रयत्नमा लागेका छन्। नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन उनले विकास साझेदारहरूसँग पनि छलफल गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)