उदयपुरका सार्वजानिक यातायातमा सिसिटिभी र जिपिएस जडान

उदयपुरका सार्वजानिक यातायातमा सिसिटिभी र जिपिएस जडान
सुन्नुहोस्

उदयपुर : सार्वजानिक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन उदयपुरमा बुधबारदेखि लामो दुरीका सवारी साधनमा सिसिटिभी र जिपिएस जडान गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा गाईघाटबाट काठमाडौंसम्म चल्ने लामो दुरीका दिवा तथा रात्रीकालीन सार्वजानिक बस तथा हायस गाडीमा सिसिटिभी र जिपिएस जडान गरिएको हो। 

यातायातलाई प्रविधिमैत्री बनाउने र यात्रुहरुलाई सुरक्षित बनाउने उद्देश्यले नयाँ कार्यक्रमको थालनी गरिएको प्रहरी प्रमुख एसपी रमेश थापाले बताए। उनले भने, ‘सिसिटिभीले यात्रुको सामान हराउने, घटनाको पहिलो रेकर्डहरुलाई सुरक्षित गर्न सकिने, महिलामाथि हुने हिंसा तथा अन्य घटनाका अनुसन्धानलाई सघाउन पुर्याउन आवश्यक फुटेजहरुको व्यवस्था गर्न सकिन्छ।'

त्यसैगरी जिपिएसले सवारी साधनको लोकेसन, सवारीको अवस्था, तीव्र गतिको अवस्थालाई पत्ता लगाउने, गन्तव्यभन्दा पर वा वर भए संकेत गर्ने र सही स्थानमा रोक्न सूचना दिने, सवारी चोरीमा नियन्त्रण, सवारीको सामानको अवस्था पत्ता लगाउन सघाउन पुग्ने उनले बताए। 

त्यस्तै अस्वभाविक रुपमा सवारीको सामानहरु हल्लिने वा बिग्रिएको सूचना संकेत दिने, सवारी दुर्घटना भएमा धनीलाई सूचना प्रदान गर्ने र मोबाईलबाटै सवारी बन्द गर्न सकिने, यदि चोरले जिपिएस हटाएर चोरी गर्ने कोशिस गरे पनि जिपिएस चोरी भएको र हटाएको जानकारी धनीलाई प्रदान गर्ने र अन्तिम लोकेशन प्रदान गर्ने जस्ता अनेकौं फाइदा पुर्‍याउन सहयोग पुग्ने उनले बताए।

गाईघाटबाट चल्ने ४ ओटा ठूला रात्री बस र ६ ओटा साना दिवा सवारीमा सिसिटिभि र जिपिएस जडान गरिएको एसपी थापाले बताए। सिसिटिभी र जिपिएसको जडानको उद्घाटन गर्दै कोशी प्रदेश प्रमुख प्रहरी नायव माहानिरीक्षक (डिआइजी) चन्द्र कुवेर खापुङले प्रविधि जडानले अपराधिक गतिविधि नियन्त्रण र निस्तेज पार्न सहयोग पुग्ने बताए। 

उनले गाईघाटबाट चल्ने लामो सवारीको यात्रा सुरक्षित हुनुका साथै जिल्लाको पहिचान पनि झल्कने बताए।  

कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले प्रहरीलाई अनुसन्धान गर्न, व्यवसायिकलाई आफ्नो सम्पतीको सुरक्षा र यात्रुलाई आफू सुरक्षित रहेको महशुस गर्न प्रविधि जडानले सहयोग पुग्ने बताए।  

उपमेयर महेश्वरी राईले सिसिटिभी जडानले विशेषगरी महिलालाई यात्रामा हुने जोखिममा न्युनीकरण गर्न र अपराधिक क्रियाकलापबाट बच्न सकिने बताइन्। उनले जिपिएस र सिसिटिभि जडानले दुर्घटना नियन्त्रण गर्न र चालक र सहचालको आचरण सुधार गर्न सहज हुने बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.