कपिलवस्तुमा 'ईदउलफित्र'को रौनक

कपिलवस्तुमा  'ईदउलफित्र'को रौनक

कपिलवस्तु : ईद'ईदउलफित्र' पर्व कपिलवस्तुका मुस्लिम समुदायले धुमधामका साथ मनाएका छन्। एक महिना लामो रोजा बसेका मुस्लिम समुदायले हिजो साँझको चन्द्रमा उदाएको हेरे पछि रोजा सकिइ ईद पर्व सुरु भएको छ। आज बसहानै स्नान गरी नजिकका ईदगाहा तथा मस्जिदहरुमा जम्मा भइ मुस्लिम समुदायले सामुहिक नमाज पढेर इद मनाएका छन्। 

null

सामुहिक नमाजपछि आफ्ना दिवंगत परिवारजनहरुको अन्तिम संस्कार सम्पन्न गरिएका नजिकका करवलाहरुमा गइ उनीहरुले दिवंगत आत्माहरुको चीर शान्तिको लागि प्रार्थना समेत गरेको मुस्लिम अगुवा खुर्सेद अहमद खांले बताए। 

ईद पर्वको अर्को महत्वपूर्ण पक्ष जकात हो। ईद पर्वको अवसरमा मुस्लिम समुदायले आफ्नो वार्षिक आम्दानी र आफ्नो घर परिवारमा रहेको गरहनाको मूल्यांकनको आधारमा अढाई प्रतिशत रकम जकातको रुपमा छुट्याएर गरिव गुरुवाहरुलाई दान गर्ने धार्मिक परम्परा रहेको मुस्लिम अगुवा मुख्तार अहमद खांले बताए। 

nullईदगाहामा पूर्वमन्त्रीहरु दीपकुमार उपाध्याय, बृजेश कुमार गुप्ता, धरम बहादुर लाल श्रीवास्तव, लुम्विनी प्रदेश सभाका सदस्य वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, वडा अध्यक्ष जाहिद खां, राजनैतिक अगुवाहरु डा.राजेश गुप्ता, रामभजन कलवार, अनुप कुमार पाण्डेय लगायतल ईद पर्वको शुभकामना दिन तौलिहवा बसपार्क नजिककैको ईदगाहामा पुगेका थिए। हिन्दु धर्मावलम्वीहरुले समेत मुस्लिम समुदायको यो पर्वमा भेटघाट तथा सामाजिक संजाल मार्फत मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेका छन्। 

nullजिल्लाको चन्द्रौटा, कृष्णनगर, पकडी, वर्रोहिया, यशोधरा लगायतका स्थानमा पनि मुस्लिमहरुले खुशीयालीका साथ ईद पर्व मनाएका छन्।

nullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.