फिन-टेक कम्पनीले गर्यो इसेवा र होटल संघ नेपालसँग साझेदारी
काठमाडौं : नेपालको फोनपे नेटवर्क मा यूपीआई को प्रयोग बढाउने उद्देश्यले नेपाली नयाँ वर्षको उपलक्ष्यमा अप्रिल ११ देखि अप्रिल १४ सम्म हुन गइरहेको फेवा महोत्सवमा फोनपे ले नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र होटल संघ नेपालसँग साझेदारीको घोषणा गरेको छ ।
फेवा महोत्सव नेपालभरिका आन्तरिक पर्यटकमाझ मात्र नभएर भारतीय पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय रहेको पाइन्छ । परम्परागत नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरू, स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सङ्गीत प्रस्तुति, परम्परागत नेपाली नृत्य तथा सङ्गीत प्रस्तुति, कला प्रदर्शनी र कार्यशालाहरू लगायतका सांस्कृतिक प्रस्तुतिहरूको साथमा फेवा महोत्सवले नेपाली संस्कृति र स्थानीय खानाको स्वादको अनुभव लिने अनुपम अवसर प्रदान गर्दछ।
यस साझेदारीको बारेमा फोनेपे इन्टरनेशनल पेमेन्टका प्रमुख कार्यकारी निर्देशक श्री रितेश पाई भन्छन्, 'प्रख्यात नेपाली महोत्सव फेवा नयाँ वर्ष महोत्सवमा इसेवा र होटल संघ नेपालसंग साझेदारी गरी नेपालमा यूपीआई प्रणालीलाई लोकप्रिय बनाउन पाउदा हामी निकै उत्साहित छौं। यस सुन्दर ठाउँको सङ्गीत, खाना र संस्कृतिको अनुभव गर्न हरेक वर्ष भारतबाट थुप्रै पर्यटकहरू नेपाल आउने गर्दछन् त्यसैले हाम्रो फोकस नेपालमा फोनपे नेटवर्कमा यूपीआई को स्थान सुनिश्चित गर्न व्यापारीहरूलाई सचेतना र जागरुकता सिर्जना गर्नमा केन्द्रित हुनेछ। यो साझेदारीले नेपालको डिजिटल परिदृश्यमा परिवर्तन ल्याउनका साथै भारतीय फोनपे प्रयोगकर्ताहरूले जुनसुकै स्थानमा आफ्नो आवश्यकता अनुसार सहजै लेनदेन गर्न सक्नेछन्।'
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाका प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले भने, 'फेवा नयाँ वर्ष महोत्सवका लागि फोनपे र होटल संघ नेपालको साझेदारी नेपालमा डिजिटल भुक्तानीलाई थप प्रवर्द्धन गर्ने सुनौलो अवसर हो। देशको अग्रणी डिजिटल वालेटका रूपमा डिजिटल भुक्तानी इकोसिस्टमलाई बढाउँदै र व्यापारीहरू तथा उपभोक्ताहरू दुवैका लागि सुविधाजनक समाधानहरू प्रदान गर्ने कुरामा हामी प्रतिबद्ध छौं। भारतीय पर्यटकहरू नेपाली पर्यटनका लागि एक प्रमुख आधार भएकाले, यो कदमले भारतीय पाहुनाहरुको आवश्यकताहरू पूरा गर्न र उनीहरूको समग्र अनुभव वृद्धि गर्न पङ्क्तिबद्ध रहेको छ। यस सहकार्य मार्फत, हामीले नेपालमा यूपीआई र फोनपे नेटवर्क प्रयोग गर्नुका फाइदाहरू र व्यापारीहरूलाई डिजिटल लेनदेनहरूका लागि सशक्त बनाउने र नेपालको डिजिटल अर्थतन्त्रको वृद्धिमा योगदान पुर्याउने गर्ने लक्ष्य राखेका छौं। साथै, हामी विस्वस्त छौं कि यस्तो सहकार्यले नेपाली आर्थिक परिवेशमा वित्तीय समावेशीकरण र पहुँचलाई थप बढावा दिनेछ।'
प्रसङ्गमा जोड्दै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने, 'नेपाली नयाँ वर्ष २०८१ को हर्षोल्लासका साथ १९औँ फेवा नयाँ वर्ष महोत्सवले ३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । होटल संघ नेपालको सहकार्यमा पोखराका होटलहरूले पोखरा घुम्न आउने पर्यटकहरूलाई आरामदायी बास सुनिश्चित गर्न होटलहरुमा २०% सम्म छुट दिने व्यवस्था मिलाइएको छ। पर्यटन, संस्कृति र खानपानसँग सम्बन्धित हाम्रा मूल्यमान्यतालाई आत्मसात् गर्दै पोखरा नेपालको पर्यटन आकर्षणको प्रकाशकको रूपमा उभिएको छ। सँगै, हाम्रो क्षेत्रको सौन्दर्य तथा हाम्रो सांस्कृतिक सम्पदाको संरक्षण गरौं, टाढाटाढाबाट आउने आगन्तुकहरूलाई मन खोलेर स्वागत गरौं, र हाम्रो आतिथ्य क्षेत्रमा नयाँ आयाम दिएर अतिथि सत्कारको मुहार फेरौं।'
यस सहकार्यको बारेमा बोल्दै फोनपे नेपालका प्रमुख कार्यकारी निर्देशक दिवास सापकोटाले भने, 'नेपालमा फोनपे नेटवर्कमा यूपीआई क्षमताहरूको एकीकरणलाई प्रवर्द्धन गर्न फोनेपे इन्डिया , इसेवा र नेपाल होटल व्यवसायी संघसँगको रणनीतिक साझेदारीले हामीलाई धेरै खुशी प्रदान छ। फेवा नयाँ वर्ष महोत्सव यस सहकार्यको प्रभावलाई दर्शाउने एक बिशेष स्थानको रूपमा रहेको छ। पर्यटकहरुको ठूलो सहभागिताको साथ, यस महोत्सवले मानिसहरूलाई नेपालको सांस्कृतिक र आर्थिक केन्द्रको अनुभव झल्काउनुका साथै सबैलाई भुक्तानी प्रविधिमा भएको प्रगतिको प्रत्यक्षदर्शी हुने र अनुभव गर्ने मौका दिन्छ।'