कांग्रेस सरकार गिराउने खेलमा लागेको छ : एमाले उपाध्यक्ष पौडेल

कांग्रेस सरकार गिराउने खेलमा लागेको छ : एमाले उपाध्यक्ष पौडेल

बागलुङ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाली कांग्रेसले वर्तमान समीरकरणलाई बिगारेर सरकारमा आउन संसदीय छानबिन समिति माग गरेको बताएका छन्। सरकार गिराउन कांग्रेसले गृहमन्त्री रवि लामिछानेको विषयमा अनुसन्धान गर्न समिति बनाउनुपर्ने माग गरिरहेको उनको आरोप छ।

उनले सहकारी ठगिका विषयमा राज्यका निकायहरूले अनुसन्धान गरिरहेकाले अहिले नै संसदीय छानबिन समिति आवश्यक नरहेको बताए। ‘राज्यका निकायहरूले सहकारी ठगिका विषयमा अनुसन्धान गरिरहेका छन्। छानबिन नगर्ने भन्ने होइन, सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसको नियत ठीक छैन। उसले सत्ता समीकरण बिगार्नमात्रै यो माग गरिरहेको छ,' उनले भने। कांग्रेस संसदको समय दुरुपयोगको काममा मात्रै तल्लीन भएको पौडेलको भनाइ छ। 

उनले कम्युनिष्ट फुटाएर राज गर्न खोज्ने कांग्रेसको पालो अब सकिएको बताए। कम्युनिष्ट शक्तिबीच समीकरण बन्दा जनतामा आशा पलाएको उनले बताए। उनले वर्तमान सरकार टिकाउन नदिन विभिन्न षड्यन्त्र भइरहेको बताउँदै एमालेले वर्तमान सरकारलाई २०८४ को निर्वाचनसम्म लैजाने बताए। ‘एमाले बलियो नभएमा देश कमजोर हुन्छ,’ उपाध्यक्ष पौडेलले भने, ‘देशको विकास, समृद्धि र नागरिकको भविष्य राम्रो बनाउनका लागि एमाले शक्तिशाली हुनुपर्छ। त्यसका लागि सबै नेता-कार्यकर्ता एक जुट भएर लाग्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.