मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको छ : मन्त्री शर्मा

मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको छ : मन्त्री शर्मा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको बताएकी छन्।  

शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२ औं अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले मन्त्रिपरिषद्बाट पारित गर्दै मिडिया काउन्सिल सम्बन्धी विधेयकलाई सदनमा दर्ता गराउन लागिएको बताएकी हुन्।

उनले उक्त विधेयकलाई छिटो भन्दा छिटो सदनबाट पारित गर्न सके अहिले विकास भएका सबै प्रकारका सञ्चारमाध्यमहरुलाई नियमन र प्रोत्साहन गर्न सहज हुने धारणा राखिन्। रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने गरी प्रसारण ऐनलाई पनि समितिबाट पारित गरी संसदमा लैजाने तयारी भइरहेको उनले बताइन्। 

मन्त्री शर्माले पत्रकारहरुलाई सहज बनाउने गरी मन्त्रालयले विभिन्न निर्णय गरेको र आवश्यक अन्य ऐन कानूनहरु निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिइन्।

मुलुकका आएका परिवर्तनलाई संस्थागत गर्दै राजनीतिक र अभिव्यक्ति स्वतन्त्रतालाई स्थापीत गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ।  

उनले समाचारहरु सत्य र तथ्यमा आधारित भएर सरकार र जनताको पुलको रुपमा काम गर्न सक्नुपर्ने बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.