नेपालको राजनीतिमा राप्रपाको भूमिकालाई कसैले नजरअन्दाज गर्न सक्दैन: लिङ्देन

नेपालको राजनीतिमा राप्रपाको भूमिकालाई कसैले नजरअन्दाज गर्न सक्दैन: लिङ्देन
केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको दाबी गरेका छन्। शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा राप्रपाको भूमिकालाई कसैले नजरअन्दाज गर्न नसक्ने धारणा राखेका हुन्। 

लिङ्देनले पार्टी र एजेण्डाको पक्षमा सकारात्मक सन्देश गएको बताएका छन्।

जनप्रदर्शनको समीक्षाको क्रममा लिङ्देनले पार्टी स्थापित शक्तिको रुपमा अगाडि बढिरहेको धारणा राखेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

बैठकमा २७ गते काठमाडौं केन्द्रीत जनप्रदर्शनको समिक्षा भइरहेको श्रेष्ठको बताए। लिङ्देनको भनाई उद्दृत गर्दै श्रेष्ठले भने, ‘प्रारम्भमा अध्यक्ष लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही साथीहरु घाइते हुने दु:खद घटना भएपनि समग्रमा प्रदर्शन सफल भएको, पार्टी र एजेण्डाको पक्षमा सकारात्मक सन्देश गएको, राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको धारणा व्यक्त गर्नुहुँदै प्रदर्शनमा सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।’

उनका अनुसार कार्यसम्पादन समिति सदस्यहरुले आफ्नो धारणा दिने क्रम जारी छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.