लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने
दाङ : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने तयारी गरेका छन्।
नियुक्ति भएको एक हप्तापछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिन लागेका हुन्। दिउँसो १ बजेलाई तोकिएको समय भने ढिला भएको छ। सत्ता गठबन्धनमा भागबन्डा नमिल्दा बैठक बस्न ढिला भएको हो।
चैत २३ गते मुख्यमन्त्रीमा महरा नियुक्त भएका थिए। महरालाई पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थन छ।
महरालाई गठबन्धन दल एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो। प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ।