राष्ट्रियसभामा अन्जान शाक्यलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं : सरकारले राष्ट्रियसभाको रिक्त पदमा डा. अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डा. शाक्यलाई राष्ट्रियसभाको रिक्त पदमा मनोनीतका लागि सिफारिस गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले बताइन्।