२३ वर्षदेखि अग्रणी भूमिका निर्वाह गर्दै सिम्रिक

२३ वर्षदेखि अग्रणी भूमिका निर्वाह गर्दै सिम्रिक
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : सिम्रिक एयर स्थापनाको २३ वर्ष पुगेको छ। सरकारले अवलम्बन गरेको खुला आकाश नीतिअन्तर्गत कम्पनी स्थापना भएको हो। स्थापना कालमा एमआई ७ नामक ठूलो हेलिकोप्टरबाट सिम्रिकले विशेषगरी कार्गो उडान सुरु गरेको थियो। त्यसबेला दुर्गम र पिछडिएका जिल्लामा बाटो नपुगेकाले कार्गो र यात्रुको ओसारपसारका लागि सिम्रिकले अग्रणी भूमिका खेलेको थियो। समयक्रमसँगै सिम्रिकले सन् २०११ बाट सानो आकारको हेलिकप्टर किनेर पहिलेकोलाई विस्थापित गरेको थियो। 

कम्पनीसँग अहिले बेल ४०७ जीएक्सपी, एयरबस बी३इ र बेल ५०५ जेट रेन्जर एक्स हेलिकप्टर सञ्चालनमा रहेका छन्। कम्पनीको स्थापना दिवसको अवसरमा अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको भौगोलिक विकटताका अति महत्वपूर्ण साधनको रूपमा हेलिकोप्टर रहेको बताए। स्थापनाकालको अप्ठ्यारो परिस्थितिलाई चिरेर २३ वर्ष पूरा गरेको भन्दै क्याप्टेन थापाले हेलिकोप्टर उद्योगलाई थप अघि बढाउन अनवरत लागिरहने बताए। अन्य सेवासँगै रात्रिकालीन सेवालाई पनि समावेश गर्दै लगिने थापाले जानकारी दिए। 

null

२३ वर्षको इतिहासमा कम्पनीले आन्तरिक द्वन्द्वका क्रममा घाइतेहरूको उद्धार उडान गर्ने, ग्रामीण भेगमा खाद्यान्न ढुवानी, प्रकोपका समयमा प्रकोप नियन्त्रण, क्षति रोकथाम गर्ने एवं कोभिडलगायत बिरामीहरूको उपचारमा समेत हेलिकोप्टर कम्पनीहरूको विशेष भूमिका रहँदै आएको छ। 

कोभिड महामारीको आक्रान्त अवस्थामा यस कम्पनीले नेपालमै पहिलो पटक बायोलोजिकल आइसोलेशन च्याम्बर भित्र्याई कोभिड बिरामीहरूलाई उद्धार गरेको थियो। जसबाट कूल २५० कोभिड बिरामी लाभान्वित भएका थिए। २०१५ को भूकम्पमा यस हेलिकोप्टरले सर्वप्रथम भूकम्पीय क्षतिको अवलोकन गरी उद्धार कार्यमा सक्रिय भई जवाफदेहिता देखाएको थियो। २०२० मा यूएस बंगलाको विमान दुर्घटनामा पर्दा दुर्घटना क्षेत्रमा विशिष्टीकृत अस्पतालबाट तुरुन्त मेडिकल टिम ल्याई उद्धार गरी अस्पताल पुर्‍याउन सफल भएको थियो। 

null

नेपालमै पहिलो पटक फायरफाइटिङ उपकरण लगानी गरेको कम्पनीले पछिल्लो तीन वर्षमा बाह्य एवं पर्यावरणीय उत्तरदायित्त्व महसुस गरी ३ वटा डढेलो नियन्त्रण गर्न सकेको छ। अन्य सहर र व्यावसायिक प्रतिष्ठानमा लागेको आगलागीमा नियन्त्रणसमेत गरेको छ। 

हाल कम्पनीले एरियलन कन्स्ट्रक्सन सपोर्ट प्रविधि प्रयोग एवं परीक्षणमा ल्याएको छ भने केही वर्षभित्र यसले व्यावसायिक सफलता हासिल गर्न अपेक्षा गरिएको छ। नेपाल सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनमा विशेष महत्व दिँदै गर्दा इजी हेली एक्सिस टु अल भन्ने नाराका साथ सुरु गरेको ग्रुप ज्वाइनिङ बेसिस चार्टर अपरेशनको अवधाराणाले लाखौं नेपालीहरूको हेलिकोप्टर सयर गर्ने सपना पूरा भएको छ। 

null

कम्पनीले यस्तै नयाँ खोज अनुसन्धान प्रयोग अघि बढ्ने सिलसिलामा नेपालमै पहिलोपटक हेलिपोर्ट स्थापना गर्ने लक्ष्य लिएको छ। हेलिपोर्ट निर्माणका लागि भौतिक काम पनि अगाडि बढिसकेको छ। कम्पनीले वार्षिकोत्सवको अवसरमा नेपालमा पहिलो पटक हेलिकोप्टर म्यागजिनको औपचारिक रूपमा सार्वजनिक गरेको थियो। 

म्यागजिन सार्वजनिकीकरणको अवसरमा यसमा योगदान पुर्‍याउनेहरूलाई सम्मान पनि गरिएको थियो। सम्मान पाउनेहरूमा नेपाल मेडिसिटी अस्पतालनका इमर्जेन्सी विभाग प्रमुख डा. सञ्जय कार्की, राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण कार्यालयका पूर्व कार्यकारी निर्देशक फणिन्द्रराज खनाल, सिम्रिकका कर्मचारी छिरिङघेन्तुक भोटे, सगरमाथा आरोही सुरज पौडेल र कम्पनीका सिनियर मार्केटिङ्ग म्यानेजर करुणा मानन्धर छन्। 

nullnullnullnull
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.