भ्रष्टाचार विकासको बाधक बन्यो : पर्यटनमन्त्री तामाङ
नुवाकोट : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले देशमा भ्रष्टाचारका कारण विकास र परिवर्तन हुन नसकेको बताएका छन्। देशमा सबैभन्दा पहिले भ्रष्टाचारको अन्त्य हुन जरुरी रहेको उनको भनाइ छ।
नुवाकोटमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार गर्ने जोसुकै भए पनि कारबाही गर्न सरकार पाछाडि नहट्ने उनले बताए। 'अहिले सबैतिर भ्रष्टाचारकै कुरा आइरहेको छ। यसको निरुपणका लागि सबै लाग्नुपर्ने बेला आएको छ,' उनले भने।
उनले देशलाई सफल बनाउन भ्रष्टाचार नियन्त्रण, सुशासन, कानुनको पालना, संविधानको कार्यान्वयन अपरिहार्य रहेकोसमेत बताए। उनले एकले अर्काको अस्तितव स्वीकार नगर्ने परिपपाटी बढेको र यसले देशलाई जटिल बनाएकोसमेत बताए। जनताका असन्तुष्टि सबैजना मिलेर समाधान गरिनुपर्ने उनको भनाइ छ। अब स्थायी शान्ति, संविधानको पालनाका लागि दलहरू जुट्नुपर्नेसमेत उनले बताए।