मानवले नसोचेका कुरा

मानवले नसोचेका कुरा

संसारमा मानवको अवतरण किन भयो प्रत्येक व्यक्तित्वले सोच्नुपर्ने यो नै एउटा मानवको मुख्य जरो कुरा हो। यो धर्तीमा केवल मानवमात्र सर्वश्रेष्ठ चेतनशील प्राणी हो। यो सबैलाई विदितै भएको कुरा हो। यो ब्रह्माण्डमा लालन–पालनदेखि अधोगति अर्धगति चरम विकास जे गर्छ, सबै मानवकै अभिभारा छ। पृथ्वीमा जति पनि मानवको अवतरण भएको छ। सबैको एक न एकदिन अवशान हुने कुरा निश्चित छ।

जब मानवमात्र नभएर यो जगत्मा मानव र प्राणीको एकदिन अवशान हुने कुरा निश्चित छ त हामीले यो कुरा सोच्नु आवश्यक नै छैन भने यो विश्व चराचरका मानिस एक अर्कोलाई सिध्याउने खेलमा किन लाग्छ, यो नै मानवले गलत बाटो समाइरहेको छ। अबका मानवले यो बाटो तुरुन्त गलहत्याउन अपरिहार्य छ। जब यो बाटो निश्चितै छ त त्यो बाटो अझ हामीले अवलोकन गर्न किन प¥यो ?

यदि मानव अजरामर हुन्थ्यो भने के हुन्थ्यो होला ? यस्तो क्षणिक जीवनमा हामीले एकआपसमा वैरभाव गर्नु बेकारको कुरा हो। आजको विश्व सबै यसैमा तामधाम देखाइरहेको छ। सारा विश्वका एक तिहाइ बजेट यसैमा समाप्त भएका छन्। यसैमा रणसंग्राम घमासान युद्ध भइरहेका छन्। यो कुरा आजको मानवले किन सोच्दैन। यदि आजको मानवले यस्ता नकारात्मक दिशालाई त्यागेर सकारात्मक दिशा अवलम्बन गर्ने हो भने आजको यो विश्व ब्रह्माण्ड कस्तो हुन्थ्यो होला ? सोचनीय छ।

जुन हाम्रा पुर्खाले व्यक्त गर्दै आएको एउटा उखान छ नि ‘हलो अड्काएर गोरु चुट्ने’। हो ! यही उखान चरितार्थ भएको पाइन्छ यहाँ। यो ब्रह्माण्ड संसार नै सबैको ध्येय यौटै छ कि ! यो ब्रह्माण्ड संसारको विकास कसरी गर्ने ? यसमा कसैको दुई मत छैन। तर फेरि यो ब्रह्माण्ड संसार नै हलो अड्काएर गोरु चुट्छ त अनि कसरी ब्रह्माण्ड संसारको विकास हुन्छ ? यो नै एउटा ठूलो विचारणीय कुरा छ।

यसबाट यो देखिन्छ कि ! यो ब्रह्माण्ड संसारकै यो ब्रह्माण्ड संसारको विकास गर्ने चाहना छ। एकआपसमा भाइचारा गरेर विश्व भ्रातृत्वको पथमा लाग्नुपर्छ भन्ने उद्देश्य छ। हाम्रा व्यक्त भएका विचारले यो जनाएको भान हुन्छ। तर हाम्रो कार्य विश्व ब्रह्माण्ड नै एकअर्कोलाई सिध्याउने खेलमा लागेका छौं त अनि यो त हामी उद्देश्यविपरीत बाटोमा लागेका छौं। भन्छौं उद्देश्य लिन्छौं विश्वको विकास हुनुपर्छ। कार्य गर्छौं एकअर्कोलाई सिध्याउने अनि उद्देश्यविपरीत भएर हाम्रो समाज अस्तव्यस्त छ।

त्यो एउटा मानव मात्र हैन, सारा ब्रह्माण्ड नै यस्तै छ। काम गर्छ अर्ध विकास हुने अनि भन्छ विकास भएन अनि कसरी हुन्छ ? विकास कोही मानवले सोचेको हुँदैन– मैले के गरिरहेछु भनेर ! यावत् मानवले सोचेको खण्डमा यो ब्रह्माण्ड नै सकारात्मक बाटो लाग्ने यहीँबाट हो। 

यदि यो विश्वका तमाम मानवले यो कुरा सोचिदिने हो भने यहीँबाट यो विश्व सकारात्मक बाटोतर्फ उन्मुख हुन्छ।

सकारात्मक बाटो लिन्छ। हेर्नोस्– यो कुरा तमाम तपाईं– हामीभित्रका कुरा यो विश्वमा जे भइरहेछ यो सबै तपाईं– हाम्राभित्र भएका कुराले रिँगाइरहेका छन्। आफूले गर्दा हामी आफैंले दुःख पाइरहेका छौं। अनि हामी भन्छौं– अरूले हामीलाई दुःख दियो। ओहो ! हेर्नोस् त कुरा गजबका कुरा छन्। यो ब्रह्माण्ड संसार बिग्रिनुको कारण नै यही हो।

भारतका महात्मा गान्धीलाई मार्ने व्यक्ति गेल्से जो हुन् तिनले पनि भनिरहेका छन्– मैले ठीक गरेको छु। ओहो ! त्यत्रो महान् व्यक्तित्वलाई मैले मारे नकाम गरें भन्नुपर्छ नि ! अहँ ! भन्दैनन्। हाम्रो नेपालको त के कुरा गरौं– यस्ता कुरा कति छन् कति। हाम्रा आफ्ना कारणले नै हामी आफैंले दुःख पाइरहेका छौं। भन्छौं अरूले हामीलाई दुःख दियो। यत्तिमात्र यो विश्वले सोच्ने हो भने उही हामी स्वर्ग जस्तो रहेछ भन्छौं नि, हो यो विश्व नै स्वर्ग हुनेछ।

भन्नाको मतलव हो– जब यो विश्वले यति कुरा सोच्ने हो भने विश्वले नै गल्ती कुरा गर्दै गर्दैन र कथम् गल्ती गरिहाल्यो भने पनि त्यसले महसुस गर्छ र फेरि गल्ती गर्दैन। विश्वले नै गल्ती गर्ने बाटो त्यागेपछि विश्व ब्रह्माण्ड नै सही दिशामा हिँड्छ। विश्व नै सही दिशामा हिँडेपछि विश्वको कल्याण हुन्छ। विश्वले सुखसुविधा पाउँछ, विकास भनेकै यही त हो। एउटाले अपराध गरेपछि दोस्रोले दुःख पाउने हो यदि संसारमा सबैले यस्ता कुरा सोचे भने अपराध गर्ने व्यक्ति नै हुँदैन अनि अपराध गर्ने व्यक्ति नभएपछि त सबैले सबैको भलो सोचेर काम गरेपछि संसारकै भलो भएन त भयो नि। संसारले नै सुख पाउने भयो केवल एउटा व्यक्तिको सोचाइले गर्दा तमाम मानिसले दुःख पाइरहेका हुन्छन्, ऊ आफैंले पनि दुःख पाइरहेको हुन्छ।

तै पनि तिनका सोचाइ परिवर्तन हुँदैनन्। यही नै एउटा गजबको कुरा छ। त्यसो भएर सन्तमहन्त ज्ञानीहरू ‘सुख र दुःख भन्ने नै तिमीहरू आफैंभित्र छ त्यसो भएर तिमीहरूले आफूलाई फर्केर हेर्नुपर्छ’ भन्छन्। हामीहरू त्यो कुरा मतलवै नगरिकन हिँडिरहेका हुन्छौं। हुन पनि हो रहेछ भन्ने कुरा यसैले 
पनि प्रमाणित गर्छ। 

जस्तै– एउटा उदाहरण दिउँ। हाम्रो गाउँघरमा अहिले यतिबेला एउटा राजनीति हावी भइराखेका छन्। एउटा पक्षले कुनै गाउँमा विकासको बजेट ल्यायो भने अर्को पक्षले त्यो थाहा पाउनासाथ तुरून्त त्यसको विरोध गरिहाल्छ र सकेसम्म त्यो बजेट नै लागू हुन नदिने पक्षमा पु¥याउँछ। यसले गर्दा के भयो त एक त्यो आफैंलाई पनि तनाव गरायो अर्को त्यो बजेट ल्याएको भए गाउँघर सबैलाई सुख सुविधा हुने थियो। त्यो पनि भएन, फेरि सबैलाई तनाव गरायो।

किनभन्दा त्यसले त्यो बजेट ल्यायो र लागू गरायो भने उनीहरूले काम गरेको देखिने भयो। हामीले काम गरेको देखिँदैन र हामीपछि पर्छाैं भन्नाका खातिर त्यो बजेट नै फल गराउनतिर लाग्छ हेर त ! त्यो आफ्नै खुट्टामा आफैंले बञ्चरो हानेको हो कि हैन तै पनि हामीहरू सबै त्यसैको पक्ष लिएर हो ! हो ! भन्दै हिँड्छौं। हाम्रो सोचाइ के हुनुपथ्र्यो भन्दा उसले त्यो बजेट ल्याएर लगायो भने मेरो पालामा अझ ठूलो बजेट ल्याएर लगाउँछु भनेको भए सबैको कल्याण हुनेथियो, हुन्थ्यो। त्यसो हुन सकेन यही नै हाम्रो नकारात्मक सोचाइले सबैले दुःख पाउने कारक बनेर गएको छ।

एउटा कुरा यो ब्रह्माण्डका तमाम मानिसभित्र एउटा न्याय हेर्ने पक्ष छ। त्यो सबैसँग छ तर पनि मानिस आफ्नो स्वार्थले गर्दा त्यसलाई लात मारेर स्वार्थले गर्दा जानाजान अन्याय गरिरहेको हुन्छ यो एउटा बिडम्बना छ। किन त भन्दा उसको स्वार्थ सिद्ध गर्नका खातिर। अर्को एउटा हामी तमाम विश्वका मानवभित्र एउटा यस्तो पक्ष छ। तिनले त्यसभित्र संसारमा कसैले गर्न नसकेका कारखाना चलाइरहेका छन्।

आजसम्म विश्वमा यस्ता कारखाना कसैले चलाउन सकेका छैनन्, देखिएको छैन। त्यस्तो कारखाना के होला ? कसैले भन्न सक्छ ? कसैका तागत छन् ! ल भन त ! अहँ ! छैनन्। जसले गर्दा आज हामी विश्वसामु म मानव हुँ भनेर नाक ठाडो पारेर हिँड्न पाइरहेका छौं। ल ! त ! त्यो एउटाले मात्र कारखाना बन्द ग¥यो भने हाम्रो हालत समाप्त हुन्छ।

त्यो के हो त ? जब छ हामी दालभात तरकारी, अचार, खुर्सानी, कागती, पानी, दूध, दही, घिउ, केरा, चाकु, फलफूल, मह, अम्बा, स्याउ, सुन्तला चाहे जे खाउँ पहिला त्यो छुट्ट्याउने काम हुन्छ। त्यो छुट्ट्याउने हाम्रो भित्रै छ पहिला विष्टा र मूत्र छुट्ट्याइन्छ। त्यसपछि त्यसबाट कुनै रगत बनाएको हुन्छ त कुनै वीर्य बनाएका हुन्छन्। कुनै त्यहीँबाट कानेगुजी, थुक, आँसु, चिप्राजस्ता विभिन्न प्रकारका विकार चिजबीजमा शरीर सञ्चालन गर्ने तŒवहरू निर्माण गरेर यो शरीरलाई चलाइरहेका हुन्छन्।

हेर्नोस् त रजहाँसले समुन्द्रको पानीभित्र मिसिएको दूध मात्र छुट्ट्याएर खान्छ। त्यस्तै हामीले खाएका खानाबाट हाम्रा शरीरका पार्टपुर्जालाई चाहिने आवश्यक तŒव निर्माण गरेर हाम्रा शरीरका पार्टपुर्जा चलाइरहेका छन्। कुनैले हाम्रो मुखभित्र रहेको जिभ्रोमा आवश्यक मात्रामा रसाइरहेका हुन्छन्। घटी पनि छैनन्, बढी पनि छैनन्। यो कुरा सोचेर ल्याउँदा कस्तो गजब छ। यिनैका क्रियाकलापले गर्दा आज हामी खुब रमाएर हिँड्न पाएका छौं।

कसैले महामानव बन्न पाउनु भएको छ। कसैले एउटा गर्व लाउने काम गरेर देखाउन पाउनु भएको छ। यो एउटा अचम्म छ। यो कुरा हामी कसैले सोचेका छौं त ? छैनौं नि। यदि सबैले यस्तो सोचेर एउटाको मात्र हैन, संसारको कल्याण हुने कार्य गरेमा यो ब्रह्माण्ड संसार कस्तो हुन्थ्यो होला हगि ! एउटा कल्पना गरौं त।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.