साउदीमा प्रमोद खरेलको हंगामा
साउदी : युवा पुस्ताका चर्चित गायक तथा सुगम संगीतमा आफूलाई स्थापित गर्न सफल गायक प्रमोद खरेलले साउदीमा ‘हंगामा’ मच्चाएका छन्।
शुक्रबार झापाली समाज साउदी अरेबियाको दोस्रो महाधिवेशनका अवसरमा साउदीको रियाद शहरमा भएको कार्यक्रममा गायक खरेलले पहिलो प्रस्तुतिका रुपमा आफ्नो ‘माया गर्ने मुटुले हो निधारले होइन तथा यो भाग्यमा खोट छ’ गीत गाएर उपस्थित दर्शकहरूलाई मनोरञ्जन दिएका थिए।
कार्यक्रममा खरेलले , हङ्गामा भो, बिना कसै कसैलाई मुस्किल छ पोखरा’ तिम्रो मन, बादियो,ओही झुमा झुम्कावली, जाली माया, रातो टिका, जस्ता गीतबाट नेपाली दर्शकहरू झुमेका दिए भने एक हजारभन्दा बढी दर्शकको उपस्थित रहेको थियो। कार्यक्रममा खरलेको प्रस्तुति नयाँ वर्ष शुभकामना सँगै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अध्यक्षकोषको सुरुवात गरेको छ भने खरेललाई आयोजकको तर्फबाट मायाको चिनोले समेत सम्मान गरिएको थियो।
कार्यक्रममा अध्यक्ष राजेन्द्र थापाले कार्यक्रममा उपस्थित नेपाली समुदायलाई धन्यवाद दिँदै कार्यक्रम झापालीको मात्र नभएर पुरा नेपालीको कार्यक्रम सम्झेर सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएका थिए भने नयाँ बनेको कार्यसमिति लाई समाजको हक हितका लागि सदैव लागि रहन आग्रह गदै बधाई तथा शुभकामना समेत दिएका थिए।
कार्यक्रमको बीच बीचमा स्थानीय कलाकर तथा नेपाली नृत्य समूहले थप नृत्य तथा गायनद्वारा मनोरञ्जन दिएका थिए भने दोस्रो महाधिवेशनबाट समाजको अध्यक्षमा रबिन गिरी चयन भएका छन्। कार्यक्रममा नेपाली दूतावास रियादका स परिवार, भातृसंगठन, सामाजिक संस्थाहरूको उपस्थिति थियो।