उत्कृष्ट पर्यटकीय क्षेत्र कालिञ्चोक

उत्कृष्ट पर्यटकीय क्षेत्र कालिञ्चोक
फाइल तस्बिर।
सुन्नुहोस्

दोलखा : धार्मिक एवं प्रकृतिक पर्यटकको केन्द्र कालिञ्चोक क्षेत्र घुम्नका लागि उत्कृष्ट पर्यटकीय क्षेत्र ह। कालिञ्चोक वर्षयाम होस् या हिउँद जुनसुकै समयमा पनि सुन्दर देखिन्छ। सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दूरीमा रहेको कालिञ्चोकको धार्मिक विशेषतासँगै प्राकृतिक विशेषतासमेत रहेको छ।

राजधानी काठमाडौंंबाट सबैभन्दा नजिकको सुन्दर धार्मिक एवं प्राकृतिक पर्यटकीय केन्द्र कालिञ्चोकले हरेक मौसममा फरकफरक सुन्दरता दिने हुदा पर्यटकले घुम्नका लागि गन्तव्य स्थल बनाउन सक्छन्। कालिञ्चोकको कुरीमा सुविधासम्पन्न होटलहरू छन्। शुक्रबार, शनिबार, विभिन्न पर्व, नयाँ वर्ष र बिदाको समयमा घुम्न लायक ठाउँ हो। ३ हजार ८ सय ४२ मिटरको उचाइमा अवस्थित कालिञ्चोकबाट गौरीशंकर, गणेशलगायतका हिमशृंखला देख्न सकिन्छ। पहाडी टाँकुरामा रहेको कालिञ्चोकमा जलकुण्ड पनि रहेको छ। यहाँको मुख्य विशेषता जलकुण्ड हो। जलकुण्डमा कतैबाट पानी आउने ठाउँ देखिँदैन तर हिउँद वर्षा जुनसुकै समयमा पनि कुण्डमा पानी रहिरहन्छ।

कालिञ्चोकमा हरेक वर्ष पुसदेखि फागुन चैतसम्म हिमपात हुने भएकाले धार्मिक लगायत प्राकृतिक सौन्दर्यको अनुपम आनन्द लिन सकिन्छ। फागुन–चैतसम्म सेताम्य हिउँले ढाकिने कालिञ्चोकको कुरी र थुम्का आसपास चैत वैशाखमा लालीगुँरासले पाखै ढकमक्क हुन्छ अझ विभिन्न रंगको चिमालले कालिञ्चोकको सौन्दर्यलाई बयान गर्न नसकिने बनाएको हुन्छ। जेठदेखि साउनभदौसम्म विभिन्न प्रजातिका फूलहरूले पाखै रंगीचंगी बनाएको हुन्छ। असार–साउनमा वर्षा र बादलसँग बदलिने मौसमले फूलहरूको सुगन्ध र सौन्दर्यलाई चहकिलो पारिदिन्छ। यही मौसममा हरियो पाखाभरी याक र चौंरीले लुकामारी खेल्दै गरेको दृश्यले पर्यटकहरूलाई मोहित बनाउँछ।

कालिञ्चोक भगवती, त्रिपुरा सुन्दरी, बालकुमारी यिनीहरू दिदीबहिनी हुन भन्ने किंबदन्ती रहेको छ। केही दिदीबहीनी सुनखानी, डुमकोट, महांकाल, लादुक, पिस्कर र केही काठ्काडांै उपत्यकालगायतका ठाउँहरूमा रहेका छन् भन्ने किंबदन्ती रहि आएको छ।

कालिञ्चोक भगवतीको टापुमा हिमालय पर्वतकी छोरी पार्वतीले महादेव स्वामी पाउँ भनी ८ वर्षको उमेरमा तपस्या गरेकी थिएन्। हिमालय पर्वत (पार्वतीका पिता) ले अरूसँगै विवाह गरिदिन लाग्दा पार्वती भागेर कालिञ्चोक भगवतीको टापुमा आएर तपस्या गरेको र पार्वतीको यत्रतत्र खोजी हुँदा भेडाहरूको छेलो पार्दै कालिञ्चोक भगवतीले नै पार्वतीलाई लुकाएर राखेकी हुन्। पार्वतीको तपस्याले खुसी भएर महादेव दोलखाको देउलाङबाट टापुमा पुुगेर कुण्डको अघिल्तिर महादेवले पार्वतीलाई अंकमाल गरेर प्रेमभाव प्रकट गर्दै पार्वतीले महादेव स्वामी पाएको किंबदन्ती रहिआएको छ।

दोलखा सहरमा दानवहरूले दुःख दिँदा दोलखाका बासिन्दाहरू कालिञ्चोको शरणमा टापु उक्लिएका थिए र रक्तबिज जस्ता चमत्कारी दानवलाई पनि पराजित गरेका थिए। रक्तबीज नामको दानवको एकथोपा मात्रै रगत जमिनमा खसेको भए अरू धेरै दानवहरू जन्मिने कारण कालिञ्चौकी माताले टापुमा बध गरेकी हुन् भन्ने किंबदन्ती छ। 

पृथ्वीको सबैभन्दा सुन्दर टापू कालिञ्चोक भगवतीको वासस्थान पुुग्न कुरीबाट केबलकार सञ्चालनमा आएको छ। केवलकार सञ्चालनमा आएपछि पर्यटकलाई मन्दिर पुग्न निक्कै सजिलो भएको छ। अहिले दैनिक चार पाँच सय पर्यटक पुुग्ने गर्छन् तीमध्ये एक दुुइ सय भारतीय पर्यटक पुुग्ने गरेको कालिञ्चोक भगवती मन्दिर संरक्षण तथा व्यवस्थापनका अध्यक्ष आयुुष तामाङले बताए। 

पछिल्लो समय कालिञ्चोकको धार्मिक, प्राकृतिक महत्वकाबारेमा विदेशमा समेत प्रचार भएको,केबलकार सञ्चालनमा आएको, खुर्कोटको बाटो रामेछाप हुुदै दोलखामा जोडिएकाले पनि कालिञ्चोक मन्दिरमा भारतिय पर्यटक धेरै आउने गरेको स्थानीय बताउछन्। आन्तरिक पर्यटक मात्र होइन् बाह्य पर्यटकहरू पनि आउने गरेको छ। केही वर्षअघिसम्म आन्तरिक पर्यटक मात्र देखिने कालिञ्चोक मन्दिरमा अहिले दैनिकजसो एक दुुइ सय भारतिय पर्यटक पुुग्ने गरेका छन्। 

कालिञ्चोकको प्रवेश बजार कुरीबाट १ किलोमिटर केवलकारमार्फत कालिञ्चोकको टाकुरामा पुुग्न सकिने व्यवस्था रहेको छ। कुुरीबाट केबलकारमा टाकुरा पुुगेर फर्कन नेपालीलाई प्रतिव्यक्तिm ६ सय रूपैया शुुल्क लाग्ने र भारतीय पर्यटकलाई ९ सय ६० रुपैयाँ अन्य मुलुककालाई १३ सय शुल्क लाग्ने केबलकार टिकट काउन्टरका सन्देश शिवाकोटीले बताए। 

जनैपूर्णिमा, चैतेदशैं, बडादशैं तथा नयाँ वर्षको समयमा यहाँ मेला लाग्छ । यस मन्दिरमा भएको पार्वती कुण्डमा बली चढाइँदैन तर श्री गणेश तथा अर्को भगवतीका रूपमा बनाइएको मूर्तिमा पाठीको बली चढाइने चलन छ। दोलखा भीमेश्वर, त्रिपुरा सुन्दरी र बालकुमारी भगवती मातासँग पौराणिक सम्बन्ध छ। हिन्दु धर्मावलम्वीहरूले सत्य युुगदेखि मान्दै आएको बडादशै पर्व कालिञ्चोकबाटै सुरु भएको कथन छ। कालिञ्चोकको कुुरी, भगवती माता र मैषासुरकोबीचमा भएको लडाइको स्थानका रूपमा चिनिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.