भक्तपुर : मध्यपुरथिमिस्थित बालकुमारी मन्दिर परिसरमा स्थानीय बासिन्दाले परम्परागतशैलीमा सिन्दुर जात्रा मनाएका छन् । हरेक वर्ष वैशाख १ र २ गते भक्तपुरमा नेवार समुदायले मनाउने बिस्का जात्राको रुपमा यो पर्व मनाउने गरिन्छ । पर्वले वसन्तको आगमनको संकेत पनि गर्दछ ।
यस पर्वमा भक्तजनहरू एकै ठाउँमा भेला भइ विभिन्न देवीदेवताका ३२ वटा खट बोकेर नगर परिक्रमा गर्छन् । स्थानीय बाजागाजासहित आएका भक्तजनले खटलाई घुमाउँदा एक आपसमा सिन्दुर छर्केका थिए।
स्थानीय बाजागाजासहित आएका भक्तजनले खटलाई घुमाउँदा जात्रालुहरुले एकअर्कामा सिन्दुर छर्कने भएकाले यस जात्रालाई सिन्दुर जात्रा भन्ने गरिएको छ।