मुगुमा अज्ञात व्यक्तिद्वारा एनआइसी एसिया बैंकमा तोडफोड
![मुगुमा अज्ञात व्यक्तिद्वारा एनआइसी एसिया बैंकमा तोडफोड](https://annapurnapost.prixacdn.net/media/albums/nic-asia_zWq0hfWef9_s3NIGulH5I.jpg)
मुगु : सदरमुकाम गमगढी स्थित मिलन चौकमा रहेको एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ। शनिबार राती ९:२१ बजे बैंकको मुल ढोका तोडफोड गरिएको हो।
बैंकमा रहेको सिसि क्यामारामा देखिएअनुसार उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागाडले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरिले जनाएको छ।
बैंकमा १ जना मात्र सुरक्षाकर्मी भएको र उनको डिउटी राती ८ बजेसम्म मात्र भएकोले त्यही मौका छोपी अज्ञात व्यक्तिले बैंकको मुल ढोका तोडफोड गरी बैंक भित्र प्रवेश गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बैंकको मुल ढोका तोडफोड गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिने व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको जस्तो देखिने एक युवा भएको र उसको खोजी भैरहेको छ।
ढोका तोडफोड गरी जुत्ता खुकुरी चोर्नु बाहेक अन्य कुनै क्षति नभएको प्रहरिले बताएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)