विश्वदीप पाण्डेले छाडे बाबुरामको साथ, बालुवाटारमा प्रचण्डले गरे माओवादीमा स्वागत
काठमाडौं : नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले पार्टी परित्याग गरेका छन्। पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा.बाबुराम भट्टराई स्वकिय सचिवसमेत रहेर काम गरेका पाण्डेले पार्टी परित्याग गर्दै सोमबार बिहान माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका थिए।
माओवादी प्रवेश अगाडि उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको छु।’
उनी डा.भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए।