ओलीको सुझाव : माननीय भएपछि नमस्कार कहिले गर्छ भनेर अररो बस्ने होइन, जनतामाझ विनम्र बन्‍नुहोस्

ओलीको सुझाव : माननीय भएपछि नमस्कार कहिले गर्छ भनेर अररो बस्ने होइन, जनतामाझ विनम्र बन्‍नुहोस्
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माननीय जनताको सेवक भएको बताएका छन्। एमाले संसदीय दलको बैठकमा सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले माननीय भएर नमस्ते कहिले गर्छ भनेर पर्खेर नबस्न निर्देशन दिएका छन्।

उनले भने,‘जनतासँगको भेटघाट बढाउनुहोला। माननीयजीलाई दर्शन भेट गर्न आउन् मान्छे, नमस्कार गरुन् त्यो पर्खेर बस्ने होइन। माननीय जी भनेको जनताको सेवक हो। तीनै जनताले भोट दिएर पठाएको मान्छे हो। ती जनताका अगाडि हिजो निर्वाचनमा भोट माग्दा अगाडि कसैले प्रणाम गरेकै होला। कसैले गोडा समातेर ढोगेकै होला, निहुरिएकै होला, झुकेकै होला। अनि माननीय भइसकेपछि चाहिँ अररो भएर बस्ने होइन। शैलीमा विनम्र हुनुपर्छ। हात जोड्दा केहि बिग्रिँदैन।’

null

उनले जनताको विश्वास जित्न गर्न सक्ने काम मात्र प्रतिबद्धता व्यक्त गर्न निर्देशन दिए। ओलीले भने,‘जनताको विश्वास जित्न गर्न सक्ने काम मात्र कबोल र प्रतिबद्धता जनाउनुहोला। जे पनि गर्छु नभन्नुहोला जनतासँगको भेटघाटमा मनदेखि जनतासँग आत्मियता हुनुपर्छ। हामी उहाँहरुप्रति उत्तरदायी हुनुपर्छ।’

ओलीले पार्टीमा पक्ष विपक्ष हुन दिन नहुने धारणा राखे। उनले जनताले भोट दिएर जितेकाले आफ्नो पार्टी भित्र र बाहिरकासँग समान व्यवहार गर्न सांसदलाई आग्रह गरे। ओलीले भने,‘भोट कसले दिएर जितेको थाहा हुँदैन। आफ्ना भनेकाले पनि नदिएका हुन सक्छन्, आफ्ना पार्टी बाहिरकाले दिएर पनि जितेको हुन्छ। तसर्थ आफ्ना पार्टी भित्र वा बाहिरकालाई समान व्यवहार गर्नुपर्छ। तैले भोट दिएको थिइनस् भन्नु हुँदैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.