एसीसी प्रिमियर कप टी–२०

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य
तस्बिर : क्यान

काठमाडौं : एसीसी प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको हो। 

हङकङका लागि अंशुमान रथले सर्वाधिक ३४ रन, जिशान अलीले १४ रन, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।

नेपालका लागि अविनाश बोहोरा ३ विकेट, दिपेन्द्रसिंह ऐरी र ललित राजवंशीले २/२ विकेट र करण केसीले १ विकेट लिए। यसैगरी गुलशन झा र दिपेन्द्रसिंह ऐरीले १/१ जनालाई रन आउट गराएका थिए।

वर्षाका कारण आजको खेल १८ ओभरमा झारिएको हो। हङकङलाई पराजित गर्दै नेपाल लगातार तेस्रो जित निकाल्ने दाउमा छ। समूह ‘ए’ मा रहेको नेपाल चार अंकका साथ शीर्ष स्थानमा छ। उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन्।  

नेपाल पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई पराजित गर्दै विजयी भएको थियो। समूह ‘ए’मा साउदी अरब दोस्रो,मलेसिया तेस्रो, हङकङ चौथो स्थानमा छन्। 

समूह ‘बी’मा ओमान,युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। समूह ‘बी’मा ओमान चार अंकका साथ शीर्ष स्थानर युएई चार अंककै साथ दोस्रो स्थानमा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.