न्यायपालिकाको पुनसंरचनाका लागि प्रतिवेदन तयार गर्न नौं सदस्यीय समिति गठन

न्यायपालिकाको पुनसंरचनाका लागि प्रतिवेदन तयार गर्न नौं सदस्यीय समिति गठन
सुन्नुहोस्

काठमाडौं : नेपाल बार एशोसिएसनले राष्ट्रियसम्मेलनमार्फत न्यायपालिकाको पुनसंरचनाका लागि प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । नेपाल बारले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सम्मेलनमा न्यायपालिकाको पुनसंरचनाको एजेण्डा अघि बढाउनका लागि प्रतिवेदन तयार गर्न अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको जनाएको हो ।

बरिष्ठ अधिवक्ता पूर्णमान शाक्य संयोजकत्वमा गठित ९ सदस्यीय समितिमा वरिष्ठ अधिवक्ता मुक्ति प्रधान,सविता भण्डारी वराल, चन्द्रकान्त ज्ञवाली, खम्व बहादुर खाती, रमेश बडाल, पंकज कर्ण, दिपेन्द्र झा र यज्ञमणी न्यौपाने रहनुभएको नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए। 

न्यायपालिकामा रहेका विकृति विसङ्गति हटाउनको लागि समिति बनाएको भन्दै समितिको प्रतिवेदनलाई सम्मेलनको मुख्य एजेण्डा बनाउने जानकारी दिए । उनले न्यायपालिकाको पुनसंरचनाका लागि आफूहरूको कदम भएको भन्दै कुनै व्यक्तिलाई प्रधानन्याधीश बनाउने खेलमा बार नलाग्ने स्पष्ट पारे।

राज्य संरचना हुँदा न्यायपालिकाको पुन संरचना हुन नसकेको अवस्थामा न्यायपालिकामा आमूल परिवर्तनको आवश्यकता रहेको उनले बताए। सर्वोच्च अदालतका न्यायाधीशको कार्यकाल ७ वर्ष रहने व्यवस्था गर्नुपर्ने, समग्र न्यायापालिकामा हुन सक्ने विकृति,विसंगति अनियमितता र भ्रष्टाचार एवं बिचौलियाको रोकथामसम्बन्धी कार्की प्रतिवेदन एवं अन्य प्रतिवेदन कार्यान्वयन लागि राष्ट्रिय सम्मेलनमा प्रस्ताव लगेर निर्णय गर्ने उद्देश्यका  साथ अध्ययन तथा सुझाव समिति गठन गरिएको बारले जनाएको छ ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.