प्री ओपन सेसनमा नेप्से परिसूचक १.५६ अंकले घट्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक साढे एक अंकले घटेर बन्द भएको छ। नेप्से १.५६ अंकले घटेर २००४.९६ विन्दुमा झरेको हो। सो समयमा सेन्सेटिभ इण्डेक्स १.०२ अंकले घट्यो।
मंगलबार प्री ओपन सेसनमा ३२ स्टकको ४ हजार ८९३ कित्ता सेयर २५ लाख ७१ हजार ४७३ रुपैयाँमा खरिदबिक्री भए। जसमध्ये १० स्टकको मूल्य बढ्दा २१ वटाको घट्यो भने बाँकी १ स्टकको मूल्य स्थिर रह्यो।