अमेरिकी राजदूत थम्सनले गरे उत्तरी गोरखाको भ्रमण
गोरखा : नेपालका लागि अमेरिकी राजदूत डीन थम्सनले तिब्बती सीमा क्षेत्रमा अवस्थित उत्तरी गोरखाको भ्रमण गरेका छन् । मंगलबार बिहान चुमनुब्री गाउँपालिकाको सामागाउँ, साम्दो र बारपाकको भ्रमण गरेका हुन् ।
गोरखा- १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँसहित राजदूत थम्पन गोरखा पुगेका हुन्। भ्रमणका क्रममा पुगेका राजदूत थम्सनले हिमाली क्षेत्रमा जलवायू परिवर्तनले पारेको असर तथा मनास्लु क्षेत्रमा पर्यटन विकासको नयाँ सम्भावनाका विषयमा स्थानीयसँग अन्तरक्रिया गरेको चुमनुब्री- १ का वडाअध्यक्ष कर्मा छेवाङले जानकारी दिए ।
नेपाली सेनाको हेलिकोप्टरबाट आएका राजदूतको टोलीले सदरमुकाममा अबस्थित ऐतिहासिक गोरखा दरबारको पनि भ्रमण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।