रसुवाको जीवजीवे ग्रामीण अस्पतालमा निःशुल्क दन्त शिविर
काठमाडौं : रसुवाको जीवजीवे ग्रामीण अस्पतालमा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको छ। शिविर यही वैशाख ७ गतेसम्म सञ्चालन हुने छ।
जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले बताए।
कालिका गाउँपालिकाले ट्रेक एण्ड एक्पिडेशन प्रालि र वर्ल्ड होरिजन एण्ड सेटपको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो।
तीनवटा पालिकाका दाँतको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने र आर्थिक समस्याका कारण उपचार गराउन कठिन भएकालाई शिविरले फाइदा हुने छ।