क्यामेरा फोड्ने र माइक भाँच्नेसँग क्षतिपूर्ति भराउन सभामुखको निर्देशन
जनकपुर : मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले क्यामरा फोड्ने र माइक भाँच्ने सांसदसँग क्षतिपूर्ति भराउन निर्देशन दिएका छन्। विश्वासको मत लिन कार्यविधि बनेको बेलामा प्रतिपक्षी दलको माग सम्बोधन भए पनि संसदीय मर्यादा विपरीत तोडफोड गरेको भन्दै सभामुख मण्डलले क्षतिपूर्ति भराउन निर्देशन दिएका हुन्।
संसदीय मर्यादा विपरीत अमर्यादित क्रियाकलाप गरेको भन्दै जनमतका सांसदहरूलाई निकाल्न मर्यादापालकलाई निर्देशन दिँदा बैठक बहिष्कार गरेको थियो। त्योसँगै कांग्रेस र लोसपा पार्टीसमेत बैठक बहिषकार गरेको थियो।