हरित अर्थतन्त्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्छ : ऊर्जा मन्त्री
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा उपलब्ध भएको स्रोतको सही ढंगले सदुपयोग गर्न नसकेसम्म समृद्धिको यात्रा अघि बढ्न नसक्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित ग्रीन हाइड्रोजन डायलग कार्यक्रममा मन्त्री बस्नेतले मुलकुमा रहेका स्रोतहरूको सही ढंगले उपयोग गर्नुपर्ने भन्दै यसो गर्न नसकिए देशको समृद्धिको यात्रामा प्रभाव पर्ने बताएका हुन्।
मुलुकको आर्थिक विकासका लागि कस्तो नीति अबलम्वन गछौं भन्ने पनि महत्वपूर्ण कुरा रहेको उनको भनाइ छ।
मन्त्री बस्नेतले जलस्रोतलगायतका स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढंगले सदुपयोग गर्नका लागि अघि बढ्नुपर्ने धारणा राखे। उनले जलवायु परिवर्तनको असर नेपाललाई धेरै परेको अवस्थामा हरित अर्थतन्त्रको प्रसंग नेपालका लागि विशेष सरोकारको विषय बन्दै आएको उल्लेख गरे।