दुबईमा तेस्रो एनआरएनए भलिबल प्रतियोगिता सम्पन्न

दुबईमा तेस्रो एनआरएनए भलिबल प्रतियोगिता सम्पन्न
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

साउदी  : गैरआवसीय नेपाली संघ एनआरएन युएईले आयोजना गरेको तेस्रो भलिबल कप प्रतियोगितामा एभरेस्ट म:म  पहिलो भएको  छ । १६ अप्रिलमा भएको फाइनलमा एभरेस्ट म:मले पियोर डेजर्ट स्पोट्स क्लबलाई हराउँदै प्रथम भएको हो। उसले उपाधिसँगै  ३ लाख ५० हजार रूपैयाँ जितेको छ  ।

प्रतियोगितामा  दोस्रो पियोर डेजर्ट स्पोट्स क्लब ,तेस्रो पाल्पाली समाज युएई,चौथो प्रवासी नेपाली मन्च युएई भए । उनीहरूलाई  क्रमश २ लाख, डेढ लाख र ७५ हजार रुपैयाँ  नगदसहित ट्रफी,मेडल र प्रमाण प्रदान गरिएको थियो ।

प्रतियोगितामा वेष्ट प्लेयर मान बहादुर श्रेष्ठ, फाइनको म्यान अफ द म्याच धनबहादुर भट्ट,बेस्ट सेटर सरोज केसी, बेस्ट कोच  श्याम रानाभाट, बेस्ट स्पाइकर  टेकराज अवस्थि,बेस्ट ब्लकर इन्द्र विक,बेस्ट सर्भर जीवन सुनर,बेस्ट लिब्रोको उपाधि सुनिल कुँवरले हाँसिल गरेका थिए।  उनीहरूले उपाधीसँगै ट्रफी मेडल र प्रमाण पत्र तथा नगद पुरस्कार पाए।

नेपाल एसोसिएसन एनआरएनएका अध्यक्ष विकाश शाहीका अनुसार अप्रिल १४ तारिख आइतबारबाट आयोजना गरिएको प्रतियोगिता विभिन्न १२ वटा टीमले भाग लिनुको साथै  प्रतियोगिताको लागि नेपालका राष्ट्रिय र प्रदेशस्तरीय खेलाडी दुबई पुगेका थिए ।

उनका अनुसार  ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नारासहित भाइचारा,सामाजिक सद्भभाव, नेपालीपन तथा मेलमिलापको भावना विकासका लागि  भलिबल प्रतियोगिता आयोजना गरेको बताए। 

प्रतियोगितामा  नेपाली राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतासँगै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र उपाध्यक्ष युवराज श्रेष्ठ , नेपाली दूतावास आबुधावीका द्वितिय सचिव भुपेन्द्र घिमिरेलगायत युएइका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थित  रहेको थियो। प्रतियोगिता दुबईको अल अवासल स्पोर्ट्स क्लबमा गरिएको थियो जहाँ फाइनल हेर्नका लागि २ हजार भन्दा बढि नेपालीहरूको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.