बाबर हायत नायक बनेपछि हङकङ सेमिफाइनलमा

बाबर हायत नायक बनेपछि हङकङ सेमिफाइनलमा
सुन्नुहोस्

काठमाडौं : समूह उपविजेता बन्दै हङकङ सेमिफाइनल प्रवेश गरेको छ। मलेसियामाथि शानदार जित हात पार्दै हङकङ सेमिफाइनल प्रवेश गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरको खेलमा १४० रन बनायो। जवाफी ब्याटिङ गरेको हङकङले १२.१ ओभरमै लक्ष्य भेट्टाएको थियो। 

हङकङका लागि बाबर हायत नायक बने। उनले ३५ बलमै ९ छक्का र २ चौका प्रहार गर्दै सर्वाधिक ८३ रन बनाए। त्यस्तै कप्तान निजाकत खान अविजित ४७ रन बनाए। उनले २६ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

यसअघि दुई खेलमा पराजित भएको हङकङलाई सेमिफाइनल प्रवेशका लागि जितसँगै रनरेटमा सुधार गर्नुपर्ने थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.