मकवानपुरबाट १३० किलो गाँजासहित ७ जना पक्राउ
हेटौंडा : अवैध लागुऔषध गाँजा १३० किलो १५० ग्रामसहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका -४ बस्ने २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय वीरमान प्रजा, २७ वर्षीय हरिकुमार प्रजा,राक्सिराङ गाउँपालिका वडा नं। ७ का १९ वर्षीय टिकाराम प्रजा,मनहरी गाउँपालिका वडा नं। ५ का ३६ वर्षीय दिपक थापा मगर,मनहरी–३ का ४४ वर्षीय रामहरी लुईंटेल र एक जना नाबालक रहेका छन् ।
मनहरी गाउँपालिका–४,माथिल्लो मसिनेबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनीहरूलाई पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने पदमपोखरी सेक्टर लामिटारबाट खटिएको नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार,मंगलबार निकुञ्जको मध्यवर्ती इलाकामा हिँडिरहेको अवस्थामा उनीहरूई गाँजासहित नियन्त्रणमा लिएको हो ।