एन्फाका उपाध्यक्ष दावा लामा छुटे

एन्फाका उपाध्यक्ष दावा लामा छुटे
सुन्नुहोस्

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा  छुटेका छन्। बुधबार पक्राउ परेका लामालाई बिहीबार काठमाडौं जिल्ला अदालत छाडेको हो।

लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए पनि सर्वोच्च अदालतबाट स्टे अर्डर लिएको पाइएपछि लामालाई छोडेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र  रेग्मीले जानकारी दिए।

लामाले सोही मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेकाले अदालतले छोडेको उनले बताए।

उच्च अदालत पाटनबाट लामालाई लागुऔषध खैरो हिरोइन बेचबिखनको कसुरमा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो। लामा कैद र जरिवाना भुक्तान नगरी फरार रहेका थिए।

उनलाई कैद भुक्तानका लागि पक्राउ गरिएको हो। प्रहरीले लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.