वीरगन्जको पम्पम बिल्डिङमा प्रहरीको छापा, करोडौं मूल्यको कपडा बरामद

वीरगन्जको पम्पम बिल्डिङमा प्रहरीको छापा, करोडौं मूल्यको कपडा बरामद
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको महावीर मन्दिर छेउमै रहेको पम्पम बिल्डिङमा बिहीबार प्रहरीले छापा मारेर करोडौं मूल्यको तस्करीका कपडाहरू बरामद गरेको छ। 

तस्करीको कपडा भण्डारण गरी राखेको सूचनाका आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरीको विशेष टोली खटिएको थियो। उक्त टोलीले पम्पम बिल्डिङमा रहेका चारवटा गोदाममा छापा मारेर झण्डै एक ट्रक कपडा बरामद गरेको हो। 

प्रहरीले पुरै पम्पम बिल्डिङलाई घेरा हालेर छापा मार्ने क्रममा चारवटा ठूला कोठामा गोदाम बनाएर राखिएका सर्टिङ–सुर्टिङको थान, सुटपिस, साडी, पर्दा लगायतका कपडाहरू ठूलो परिमाणमा बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। 

उनले भने,‘गोदामबाट झण्डै एक ट्रक कपडा प्रहरीले बरामद गरेको छ। बरामद कपडाहरू कति मूल्यको छ? त्यो अहिले नै भन्न सकिँदैन। मूल्यांकन गर्न समय लाग्छ। यस बारेको विस्तृत विवरण प्रहरीले आफैं सार्वजनिक गरेर जानकारी गराउनेछ।’ 

यसैबीच छापा मार्ने टोलीमा रहेका एक सुरक्षाकर्मीले बरामद कपडाहरू १० करोडभन्दा बढी नै मूल्यको रहेको बताए। प्रहरी श्रोतका अनुसार प्रहरीले बरामद गरेका ती कपडाहरू काजल इम्पेक्सको रहेको बताइएको छ। प्रहरीले गोदाममा छापा मार्ने क्रममै काजल इम्पेक्सका रामएकबाल कुशवाहाले सञ्चारकर्मीसँग कुरा गर्दै ती कपडाहरू आफ्नो रहेको बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.