सपथ लिएकै भोलिपल्ट सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी अल्पमतमा

सपथ लिएकै भोलिपल्ट सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी अल्पमतमा

धनगढी : सुदूरपश्चिममा समाजवादीका नेता दीर्घबहादुर सोडारीले मुख्यमन्त्रीको सपथ लिएकै भोलि  पल्ट नागरिक उन्मुक्तिका एक जना प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि अल्पमतमा परेका छन्। 

मन्त्री पदको सपथका लागि प्रदेश प्रमुखको कार्यालय बोलाएको तर त्यहाँ बिना विभागीय मन्त्री बनाउने र मन्त्रालय फुटाएर विभाग तोक्ने भनेर अपमान गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सभा सदस्य टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका हुन्।

‘मलाई मन्त्रीको सपथ खाने भनेर प्रदेश प्रमुखको कार्यालय बोलायो, पछि बिना विभागीयमा सपथ खान भनियो । मन्त्रालय तोडफोड गरेर विभाग तोक्ने भनियो । मलाई अपमान महसुस भयो, प्रदेश संरचनाका बारेमा जनता निरास रहेका बेला मन्त्रालय तोडेर मन्त्री खान मन लागेनँ, त्यसैले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको छु,’ टीका थापालाई उद्धृत गर्दै उनका श्रीमान रतन थापाले फेसबुकमा स्टाटस हालेका छन्।

सोडारी माओवादीका १०, एमालेका १०, समाजवादीका ४, स्वतन्त्र १ र २ जना नागरिक उन्मुक्ति (रञ्जीता पक्ष) का गरी २७ जनाको बहमुत पाउने भन्दै सरकारमा गएका थिए । नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्य भए पनि ५ जना रेशमको पक्षमा छन्। रेशम चौधरी सोडारीको नेतृत्वलाई समर्थन नगर्ने पक्षमा छन्।

एक जनाको समर्थन नहुने वित्तिकै मुख्यमन्त्रीमा सोडारीले विश्वासको मत पाउदैनन । ५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १ जना प्रदेश सभा सदस्यको निधन भएपछि अहिले प्रदेश सभामा ५२ जना सदस्य छन । बहुमतमा लागि २७ जना प्रदेश सभा सदस्यको संख्या आवश्यक पर्छ ।

उन्मुक्तिकी टीका थापाले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेपछि फेरि सोडारी संकटमा परेका छन्। उनलाई विवादास्पद व्यक्ति भएको भन्दै सत्ता गठबन्धनकै घटक एमालेले अन्तिम समयसम्म पात्र परिवर्तनको अडान राखेको थियो । एमालेले समर्थन गरे पनि उसले तत्काल सरकारमा भने नजाने बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.