६२० किमी रेन्ज दिने पहिलो प्रीमियम ईभी यसयुभि नेपालमा,के के छन् विशेषता ?

६२० किमी रेन्ज दिने पहिलो प्रीमियम ईभी यसयुभि नेपालमा,के के छन् विशेषता ?
सुन्नुहोस्

काठमाडौं :जी मोर्टस प्रालिले चाइनाको विश्व प्रख्यात ब्राण्ड स्काईवेल प्रिमियम लक्जरी ईभी यसयुभि नेपालमा सार्वजनिक गरेको छ। बिहीबार विशेष कार्यक्रमका बीच नेपालमा पहिलो पटक भित्रिएको ६२० किमी रेन्ज दिने,पाँच स्टार सेफ्टी रेटिङ प्राप्त रियल इभी यसयुभी सार्वजनिक भएको हो।

७ वर्षदेखि नेपालमा विभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको  जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमा रहेको स्काईवेल शोरुमको समुदघाटनसँगै ९ वटा गाडी ग्राहकलाई डेलिभरी गरिएको थियो।

 नेपालस्थित चिनिया दुतवासका इकोनोमिक एन्ड कमर्सियल कन्सुलर सीयु,स्काईवेल न्यु इनर्जी भेहिकलका चिनियाँ प्रतिनिधी थोमस जु र जी मोटर्स प्रालीका  अध्यक्ष  दुर्गाप्रसाद गेलालले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन्।

औपचारिक बुकिङ्ग एवं ब्रान्डको बिक्री सुरुवात गरेको जी मोटर्सले छोटो समयमा स्काईवेलको प्रेमियम एवं नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दुरी एक सिङ्गल चार्जमा तय गर्ने र १५० किलोवाट आवरको ब्याट्री प्याक रहेको स्काइवेलको प्रिमियमको विक्री सुरू गरेको हो।

गाडी सार्वजनिक गर्दै कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले १ वर्षको निशुल्क बिमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा बैशाख महिना भरी रहेको जानकारी दिए।

विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो र स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल्, टर्की र रसियालगायत  ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको उनले जानकारी दिए।

स्काईवेल इटि फाइभका विशेष विशेषता

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार ईभी यसयुभिमा ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी) रहेको छ।  यसले १५० किलोवाट मोटर क्यापासिटीसँगै  CNACP- 5 Star Safety को मान्यता पाएको छ।

नेपालमा एक पटक ब्याट्री चार्ज गर्दा ६२० किमी रेन्ज भएको नेपालमा पहिलो विद्धुतिय गाडी रहेको,अटो पार्किङ, मेट्रीक्स लेजर हेडलाईट , मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साइज प्यानारोमिक सनरुफ र मुनरुफ  र लक्जरी  2 level foldable rear seats रहेको कम्पनीले जनाएको छ।

उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध ईभी सवारीमध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभ भित्र्याएको कम्पनीको दावी छ।

ईटी फाइभ विशेष गरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेकट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको कम्पनीले जनाएको छ।

यसको टपस्पिड १६० प्रतिघण्टा भन्दा बढी रहेको छ जसले उपभोक्तालाई उच्च गतिको सवारी ड्राईभिङ्ग अनुभूति दिलाउन सक्नेछ।  स्काईवेल ईटि फाइभको नेपाली बजार मूल्य १ करोड ९ लाख रहेको कम्पनीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.