आसिफ शेख ८ रन बनाएर आउट
काठमाडौं : नेपालले दोस्रो विकेट गुमाएको छ। एसीसी प्रिमियर कपअन्तरगत फाइनल प्रवेशका लागि युएईविरुद्ध जारी खेलमा नेपालले दोस्रो विकेटका रुपमा असिफ शेखलाई गुमाएको हो।
ओमिद रहमानले खानलाई आउट गराएका हुन्। उनले ११ बलमा ८ रन जोडेर आउट भए। यसअघि पहिलो बलमै कुशल भर्तेल आउट भएका थिए।
युएईका जुनैद सिद्धिकीले उनलाई आउट गराएका हुन्। नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा युएईका कम्तान मोहम्मद वासिमले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन्।
नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा ।
यूएईको टोली : हम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, र विष्णु सुकुमारान ।