नेपालको तेस्रो विकेट पतन, कप्तान रोहित पौडेल पाँच रन बनाएर आउट
काठमाडौं : कप्तान रोहित पौडेल आउट भएका छन्। पौडेलसहित नेपालले तीनवटा विकेट गुमाइसकेको छ। एसीसी प्रिमियर कपअन्तरगत फाइनल प्रवेशका लागि युएईविरुद्ध जारी खेलमा अली नारिसरले उनलाई आउट गराएका हुन्। पौडेल १८ बलमा ५ रन बनाएर पेभेलियन फर्किए।
यसअघि ८ रन जोडेर आसिफ शेख र पहिलो बलमै कुशल भुर्तेल आउट भएका थिए। ओमानको अल अमेरत क्रिकेट मैदानमा युएईका कम्तान मोहम्मद वासिमले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन्।
समाचार तयार पार्दासम्म नेपालले ८ दशमलव ४ ओभरमा ४८ रन मात्र बनाएको छ।
नेपाल 'ए'को समूहको विजेता र युएई समूह 'ए' को उपविजेता हुन्। नेपाल समूह 'ए'बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहेर समूह विजेता बन्दा युएई ४ खेलमा तीन जित र एक हारसँगै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो।
यसअघिको संस्करणमा नेपालले युएईलाई फाइनलमा हराउँदै च्याम्पियन बनेको थियो भने एसिया कपसमेत खेलेको थियो। टी-२० विश्वकप छनोटमा पनि नेपालले युएईलाई पराजित गरेको थियो। नेपाल र युएई मुख्य प्रतिद्वन्द्वी रहँदै आएका छन्।
नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा ।
यूएईको टोली : हम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, र विष्णु सुकुमारान ।