एसीसी प्रिमियर कप : नेपालले युएईलाई दियो १२० रनको लक्ष्य
काठमाडौं : एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि सन्दीप जोरा अर्धशतक बनाउन सफल भए। ४० बलमा उनले ४ चौका र २ छक्का प्रहार गरे।
गुल्सन झा र करण केसीबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। झाले २० ,केसीले १७ ,असिफ शेखले ८,रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ५/५ रनको योगदान गरे।
पहिलो बलमै नेपालका ओपनर कुशल भुर्तेल आउट भए भने ८ रन जोडेर आसिफ शेख दोस्रो विकेटका रुपमा आउट भएका थिए।
यसैगरी अभिनाश बोहरा १ र ललितनारायण राजवंशी २ रनमा अविजित रहे।