निःशुल्क दन्त शिविरमा ५३५ ले सेवा लिए
![निःशुल्क दन्त शिविरमा ५३५ ले सेवा लिए](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_eMKbNzDKmE_pemHjSKNlR.jpg)
काठमाडौं : रसुवाको जीवजीवे ग्रामीण अस्पतालमा निःशुल्क दन्त शिविरमा ५३५ जनाले सेवा लिएका छन्।
जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले बताए।
कालिका गाउँपालिकाले ट्रेक एण्ड एक्पिडेशन प्रालि र वर्ल्ड होरिजन एण्ड सेटपको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो।
तीनवटा पालिकाका दाँतको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने र आर्थिक समस्याका कारण उपचार गराउन कठिन भएकालाई शिविरले फाइदा पुगेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)