लागुऔषधसहित २ युवा पक्राउ
स्याङ्जा : लागु औषधसहित स्याङ्जाका २ युवालाई प्रहरीले पक्राउ गरेको छ। शंकास्पद अवस्थामा पुतलीबजार नगरपालिका – ११ सुम्रेखोलामा भेटिएका उनीहरुलाई चेकजाँच गर्दा लागु औषधसहित भेटिएको प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए।
भीरकोट नगरपालिका –३ का ३२ वर्षीय अनिल क्षेत्री र २२ वर्षीय शिव दर्जीलाई पक्राउ गरिएको रानाले बताए। उनीहरुका साथबाट नुर्फिन १४ एम्पुल ,फेनरागन १२ एम्पुल , डाईजेपाम १३ एम्पुलगरी ३९ एम्पुल भेटिएको छ।
दुबै जनालाई अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !
७