सूचनामा महामारी !

सूचनामा महामारी !
सांकेतिक तस्बिर।
सुन्नुहोस्

डिजिटल युगको पछिल्लो समय विभिन्न माध्यममा द्रुत रूपमा फैलिएका सम्प्रेषणले कृत्रिम जनमत निर्माण गरेका छन्। यस्ता सम्प्रेषणद्वारा सिर्जित सूचनाको महामारीलाई हालै निर्माण भएको अंग्रेजी भाष्यमा इन्फोडेमिक्स भन्ने गरेको छ। इन्फोडेमिक्सका कारण अन्यत्र जस्तै नेपाली समाजले पनि गलत सूचना र झुटा समाचार झेलिरहेछ। लोकतान्त्रिक प्रक्रियाहरूका लागि गलत सूचनाले गम्भीर चुनौतीहरू सिर्जना गरेको छ। यस लेखले नेपालमा सामाजिक र राजनीतिक मुद्दाहरूमा इन्फोडेमिक्सको प्रभावको विभिन्न पक्ष खोज्ने प्रयास गरेको छ।

इन्फोडेमिक्सका प्रमुख जटिलताहरू : सही र गलत सम्प्रेषणहरूको भेललाई इन्फोडेमिक्स भनिन्छ। यो भेलमा भरपर्दो स्रोतहरू र भरपर्दो मार्गदर्शन पाउन कठिन हुन्छ। नेपालको राजनीतिक परिदृश्यको सन्दर्भमा भ्रामक सामग्री सम्प्रेषण र हाकाहाकी गरिने गलत सूचना प्रवाहका अभियानहरूको व्यापक प्रसारको भएको पाइएको इन्फोडेमिक्सले प्राय: एकतर्फी कथ्यहरूलाई प्रस्तुत गरेर राजनीतिक विभाजनहरूलाई जटिल बनाएको छ। यो ध्रुवीकरणले नेपालमा रचनात्मक संवादमा निरन्तर बाधा पुर्‍याएको छ। पछिल्ला समयहरूमा नेपालमा निर्वाचन प्रक्रियाहरू सूचना–प्रविधिको बदनियतपूर्ण प्रयोगको चपेटामा परेका छन्।

निर्वाचन प्रक्रियाहरूमा जनमतलाई प्रभाव पार्ने भ्रामक सूचना प्रवाहका व्यापक अभियानहरू देखिएका छन्। गलत जानकारीको द्रुत प्रसारका लागि संवाहकको रूपमा फेसबुक, ट्विटर र युट्युब जस्ता सामाजिक सञ्जालहरूको गलत प्रयोग भएका छन्। यी सामाजिक सञ्जालमार्फत भ्रामक जानकारीहरू आमजनता माझ छिटो पुग्न सकिन्छ। सूचना–प्रविधिको गलत प्रयोगले नागरिकहरूमा भ्रम छरेर राजनीतिक नेता, दल र नीतिहरूप्रति सार्वजनिक धारणालाई विकृत गर्छ।

इन्फोडेमिक्सको परिणाम : नेपालमा राजनीतिक मुद्दाहरूमा इन्फोडेमिक्सको व्यापकताले धेरै हानिकारक परिणामहरू छन्। गलत सूचनाले लोकतान्त्रिक संस्थाहरूमाथिको विश्वास घटाउँछ। विधिको शासन र निर्वाचन प्रक्रियाको विश्वासनीयमा प्रश्न चिह्नहरू तेर्सिने अवस्था सिर्जना हुन्छ। सार्वजनिक प्राथमिकता र धारणाहरूलाई विकृत गर्ने बदनियतपूर्ण व्यापक गलत सूचना झेल्दै गर्दा निर्णयकर्ता (प्रभावित हुन सक्छन्। गलत जानकारीले सामाजिक अशान्तिलाई उक्साउन सक्छ र गलत सूचनाको आधारमा द्वन्द्वलाई बढाउँछ। सूचना–प्रविधिले दिगो विकास लक्ष्यहरूतर्फ नेपालको प्रगतिमा बाधा पुर्‍याउँदै महत्वपूर्ण विषयहरूबाट ध्यान हटाउँछ।

हाकाहाकी गलत सूचनाको प्रसार : नेपालमा राजनीतिक मुद्दाहरूमा सामाजिक सञ्जालको प्रभावको सबैभन्दा चिन्ताजनक पक्ष भनेको गलत सूचना र झूटा सम्प्रेषणहरूको द्रुत प्रसार हो। झूटा समाचार सम्प्रेषण, तोडमोड गरिएका चित्र र भ्रामक हेडलाइनहरू फेसबुक, ट्विटर र ह्वाट्सएप जस्ता प्लेटफर्महरूमा तुरुन्तै भाइरल हुन सक्छन्। यो गलत जानकारीले अक्सर जटिल राजनीतिक मुद्दाहरूको सार्वजनिक बुझाइलाई विकृत गर्छ।

नक्कली प्रोफाइल र बोट नेटवर्कहरूको प्रभाव : नक्कली प्रोफाइल र स्वचालित बट नेटवर्कहरूको उपस्थितिले सोसल मिडियाको गलत प्रयोगको समस्यालाई अझ जटील बनाउछ। निश्चित स्वार्थरहेको राजनीतिक सन्देशहरूको पहुँच र प्रभाव बढाउन पूर्वाग्रही सम्प्रेषणहरू विस्तार गर्न वा प्रचार फैलाउन सोशल मिडियाको प्रयोग भएको पाइन्छ। नेपालमा चुनाव र प्रमुख राजनीतिक घटनाक्रममा जनमतलाई प्रभावित गर्ने र छद्मभेषी अकाउन्टहरूको गतिविधि देखिएको छ। एकातिर कुनै व्यक्तिविशेषको देवत्वकरणका लागि छद्मभेषी अकाउन्टहरूको प्रचुरमात्रामा प्रयोग भएका छन् भने अर्कोतिर चरित्रहत्या निकृष्ट कार्यमा पनि यस्ता अकाउन्ट छन्।

लोकतान्त्रिक अभ्यासमा विश्वासनीयतामा ह्रास : सामाजिक सञ्जालमार्फत गलत सूचनाको फैलावटले स्वस्थ लोकतन्त्रका लागि महत्वपूर्ण हुने मिडिया र सरकारलगायत परम्परागत संस्थाहरूमाथिको विश्वास घटाउन सक्छ। नियमित रूपमा भ्रामक वा गलत जानकारीका लागि पर्दाफास हँुदा आमनागरिक निराश हुन सक्छन्। आधिकारिक स्रोतहरूमा शंका गर्न सक्छन्। सार्वजनिक विश्वास र जवाफदेहितामा भंग हुन सक्छ।

इन्फोडेमिक्सलाई सम्बोधन गर्न रणनीतिहरू : राजनीतिक मुद्दाहरूमा इन्फोडेमिक्सको प्रवृत्तिलाई लड्न नेपालले निम्न रणनीतिहरू अपनाउन सकिन्छ :–

  •  मिडिया साक्षरता प्रवद्र्धन : सूचनाका स्रोतहरूको आलोचनात्मक मूल्यांकन गर्न र सम्प्रेषित सामग्रीको तथ्य पत्ता लगाउन नागरिकलाई शिक्षित गर्ने।
  •  सामाजिक मिडिया नियमन : गलत जानकारीविरुद्ध लड्न सोसल मिडियाको गलत सम्प्रेषण गर्नेलाई जवाफदेही राख्न नीतिहरूको कार्यान्वयन।
  •  तथ्य जाँच : जानकारी प्रमाणित गर्न र झूटा दाबीहरू हटाउन स्वतन्त्र तथ्य जाँच गर्ने संस्थाहरूमा राज्यद्वारा लगानी।
  •  नागरिक शिक्षाको सुदृढीकरण : सञ्चारमाध्यम साक्षरता र आलोचनात्मक सोच कौशललाई विद्यालयको पाठ्यक्रममा एकीकृत गर्दै युवा पुस्तालाई सचेत बनाउने।
  • पत्रकारिताको जवाफदेहितालाई प्रोत्साहन गर्ने : सटिकता र जवाफदेहितालाई प्राथमिकता दिने नैतिक पत्रकारिता अभ्यासहरूलाई सहयोग समर्थन गर्ने।

निष्कर्ष : हालैका वर्षहरूमा सामाजिक सञ्जालको वृद्धिले विश्वव्यापी रूपमा जानकारी गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गरेको छ। अन्य देशहरू जस्तै नेपालले पनि राजनीतिको क्षेत्रमा सामाजिक सञ्जाल प्लेटफर्मको गहिरो प्रभाव देखेको छ। नागरिक संलग्नताका लागि सामाजिक सञ्जाल एक शक्तिशाली उपकरण साबित भएको छ। गलत सूचना र यसको अनियन्त्रित प्रसारले महत्वपूर्ण चुनौतीहरू खडा गरेको छ। यसले महत्वपूर्ण राजनीतिक मुद्दाहरूमा जनतालाई दिगभ्रमित गर्छ। अन्यत्र जस्तै नेपालमा पनि सामाजिक सञ्जालबाट उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्न शिक्षा, नियमन र प्राविधिक आविष्कारलाई संयोजन गर्ने बहुआयामिक दृष्टिकोण आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.