पर्या–पर्यटकीय क्षेत्र निर्माण कार्य अघि बढोस्

पर्या–पर्यटकीय क्षेत्र निर्माण कार्य अघि बढोस्
सुन्नुहोस्

आछाम जिल्लाको ढाकुमा गरिएको विश्वशान्ति श्रीमद्भागवत महाअनुष्ठान, ढकालबन्धु हित तथा वंशावली एकीकृत समाज झापाकोे साधारणसभामा अध्यक्षलगायत सबै पदमा सर्वसम्मत भयो। मेरै सल्लाहमा अध्यक्ष डिल्लीराम ढकालबाट ढाकुमा भव्य अनुष्ठानको भावीयोजना घोषणा भयो। २०७१ सालमा झापा कोटीहोम अनुष्ठानको उद्घाटन समारोहमा गृहसचिव लक्ष्मी ढकालसँग मेयर यज्ञप्रसादसमेत झापा आएदेखि झापा र अछाम निरन्तर सहकार्यमा रहँदा नै अनुष्ठानलाई थपबल पुगेको हो। प्राचीनसमयमा यहाँ १२ बज्यैको अकाल मृत्युवरण भयो। जसबाट पितृदोष, पितृश्राप आदि समस्याबाट यो स्थान लगभग प्रताडित थियो। संवेदनशील विषय भएकाले भव्यरूपमा चर्चा बटुल्न सक्यो। अनुष्ठानको अघिल्लो दिन फागुन २४ गते हजारौं वर्षअघि बाजे–बज्यैहरूले पानी खाने गरेको प्राचीन कुवाछेउमा हामीले सामूहिक त्रिपिण्डी श्राद्ध गर्‍यौं। गाउँ पातलो भए पनि भोलिपल्टको कलश: यात्रामा महिला जनसहभागिता आँकलन गरेभन्दा विशाल रहेको कमलबजार नपा–८ का वडाध्यक्षको थियो।

निर्माणाधीन जालपादेवी मन्दिर परिक्रमा गर्दै प्राचीन बाउधारा

(लहरै १२ धारा) को जल अचाउँदै श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ अनुष्ठान स्थलमा पुगेपछि पूर्वमन्त्री वीरमणि ढकाल र टंक ढकालले द्वीप प्रज्ज्वलन गरी अनुष्ठानको उद्घाटन गर्नुभयो। तत्पश्चात् श्रीमद्भागवत ज्ञानगंगासागर डुबुल्की गराउँदै ब्यासाचार्य पं. दुर्गाप्रसाद ढकालका मुखारबिन्दबाट प्रष्फुटित अमृतवाणीका अमूल्यनिधिहरू भक्तमहानुभावमा पान हुने क्रमको थालनी भयो।

शिवपुराण र वाशिष्ठ ग्रन्थमा उल्लेख भएअनुसार ब्रम्हर्षि वाशिष्ठपुत्र भगवान् श्रीकृष्णका परमगुरु यशस्वीऋषि व्याघ्रपाद र व्याघ्रयोनी पुत्र महाभारतकालीन वीरयोद्धा पाण्डव पुरोहित ऋषिधौम्यका दाजु ब्रम्हर्षि उपमन्युका आराध्यदेव भगवान् भोलेशंकर ढकालहरूका समेत आराध्यदेव नै भए। ब्रम्हर्षि उपमन्युका वंशजका रूपमा ढकालहरूलाई लिइएको छ। कान्यकुब्ज ढाकेश्वरबाट गोविन्ददेव ढकाल र पत्नी सूर्यमाला आफ्नो सातजनाको परिवारका साथमा कुमाउँ गढवाल हुँदै महाकाली नदी तरेर अछामको ढाकुमा आइपुगेपछि माटो सुँघेर सन्तान हुने लक्षण देखे। यसपछि सोहीस्थानमा पहिलो डोको बिसाएको जनश्रुति र तथ्यहरूले पुष्टि गरेको पाइन्छ।

ज्येष्ठ सुपुत्र वामचन्द्र र सांहिला देवचन्द्र बाबुसँगै बसे पनि, माइला तिलाचन्द्र पत्नी यशोदालाई लिएर खसराजा सुखपालको राजगुरु भइबसेकाले चिलखाया नामक स्थान वित्र्ता पाएका थिए। कान्छा ताराचन्द्र पिताजीको स्वर्गवासपछि ज्योतिषशास्त्र पूर्णताका लागि सुर्खेत हुँदै काठमाडौंतिर लागेको भनाइ छ। अनुष्ठानस्थल अछामको ढाकुमा १२०० किमिजति पूर्व झापा, ईलाम, सुनसरी, मोरङबाट बस रिजर्भ गरी पुगेका बन्धुहरू अनुष्ठान समापनपछि फर्किएको तथ्यले अपनत्व महसुस गराएको छ।

विभिन्न उपसमिति बने, वंशावली निर्माण र अभिलेख उपसमितिकोे जिम्मेवारी पंक्तिकारलाई थियो। अनुष्ठानको अन्त्यताका लाखबत्ती प्रज्वलन ज्वालामा मानवआकृति मोवाइलमा कैद हुनु पनि अद्भूत भएको व्यासाचार्य दुर्गाप्रसाद ढकालको भनाइ रह्यो। अद्भूत भक्तिभावनाको उक्त अवसरलाई ढकाल पुनर्मिलन तथा ढकाल महोत्सवको रूपमा हेरिएको कूलका धामी देवानन्द र पुजारी पदमराज ढकालको थियो।

अनुष्ठानका कारण जिल्लाहरूबाट बन्धुहरूको सहभागिताले कमलबजार नगरपालिका गद्गद् रहेको मेयर यज्ञप्रसाद ढकालको रह्यो। गोविन्ददेवका ज्येष्ठपुत्र वामचन्द्रतर्पmको वंशावली निर्माणमा अहोरात्र कठोर मेहनत गरी सफलताको सिँढी प्राप्त गर्नुभएका उद्योग वाणिज्य संघ कमलबजारका अध्यक्ष बन्धु कृष्णप्रसाद ढकाल थाक्नुभएन।

इमान्दार र मेहनती बन्धुहरूलाई सांगठनिक ढाँचामा आबद्ध गरी आपसी सहयोगबाट वंशावली चुस्त–दुरुस्त बनाउने, निकट भविष्यमा अनुभवी इञ्जिनियरबाट ढाकुको भूगोललाई अध्ययन–मनन गरी हतार नगरी धेरै छलफल र सरसल्लाहबाट गुरुयोजना निर्माण भयो। ढकाल बन्धु उपमन्यु बाटिका तथा पर्या–पर्यटकीय क्षेत्र निर्माण कार्य अघि बढोस् !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.