कतारका अमिर पहिलोपटक नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

कतारका अमिर पहिलोपटक नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज धनगढी विमानस्थलमा पत्रकारलाई पहिलो पटक नेपालमा हुन लागेको कतारका राजा अमिरको भ्रमणको तयारीमा सरकार लागिरहेको जानकारी दिएका हुन्।

परराष्ट्र मन्त्रालयले समेत आइतबार विज्ञप्ति जारी गर्दै अमिर (राजा)ले मंगलबार र बुधबार औपचारिक भ्रमणमा नेपाल आउन लागेका हुन्। नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेट गर्नेछन् । पौडेलले उनको सम्मानमा राजकीय भोजको समेत आयोजना गर्नेछन् । 

थानीले बुधबार  प्रधानमन्त्री प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलको निमन्त्रणमा आउन लागेका उनी बुधबार फर्कने कार्यतालिका छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.