सङ्खुवासभामा बेवारिसे शव फेला
सङ्खुवासभा : सङ्खुवासभा चैनपुर नगरपालिका-१०, दमकट्टास्थित अरुण नदीको घुमाउने दहमा बेवारिसे शव फेला परेको छ।
पहिचान नखुलेको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। अन्दाजी ४० वर्षीय पुरुषको दायाँ हातको नाडीमा अंग्रेजी अक्षर एमएलआईवाई जस्तो देखिने ट्याटु लेखिएको छ। ४/५ दिनअघिको शव हुनसक्ने प्रहरीको अनुमान रहेको छ।
शवको पहिचानको प्रयास भइरहेको डीएसपी श्रेष्ठले बताए। मातहतका प्रहरी निकायहरूमा समेत खबर गरिएको उनले बताए। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सङ्खुवासभा खाँदबारीमा ल्याइएको छ।