ट्याक्टरले किच्दा मृत्यु

ट्याक्टरले किच्दा मृत्यु
सुन्नुहोस्

बैतडी : ट्याक्टरले किच्दा बैतडीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका-१ का २५ वर्षीय नरेन्द्रपसाद भट्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले राससलाई जानकारी दिए। 

डिलासैनी-१ ब्रमबाट सीमातर्फ गइरहेको  सुपप्र ०१००२ त ४६८६ नम्बरको ट्याक्टरले डिलासैनी-१ को वडा कार्यालय नजिकै वसन्तपुर तुफानडाँडा ब्रम भन्ने स्थानमा आज दिउँसो २ बजे भट्टलाई ट्याक्टरले किचेको हो। 

ट्याक्टरको ढालामा सवार नरेन्द्र एक्कासि खसेका र ट्याक्टरको पछाडिको टायरले किचेको थियो। टायरले किचेर नरेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए। 

घटनालगत्तै सीमा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनको प्रहरीको टोली गएको थियो।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.