राष्ट्रपतिसमक्ष पेश

लगानी सहजीकरण गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

लगानी सहजीकरण गर्न अध्यादेश ल्याउने सरकारको निर्णय
सुन्नुहोस्

काठमाडौं : सरकारले लगानी सम्मेलनलाई लक्षित गरेर अध्यादेश ल्याउने निर्णय गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। उनले भनिन्,‘लगानी सहजीकरण सम्बन्धि केही ऐनहरु अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश भएको छ।’

सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ। 

संसद सूचारु नभएको समयमा अध्यादेश ल्याउन सकिने व्यवस्था छ। सरकारले  वैशाख २ गते रातिबाट लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.