आफ्ना राजालाई पाखा लगाएर सरकारले विदेशी राजालाई सम्मान दियो : राप्रपा

आफ्ना राजालाई पाखा लगाएर सरकारले विदेशी राजालाई सम्मान दियो : राप्रपा

काठमाडौं : सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमणमा आउने भएपछि भोलि सार्वजनिक बिदा दिएको  छ। 

कतारका राजाको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्वागत गरेको छ। राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले संक्षिप्त प्रतिक्रिया दिँदै आफ्ना राजालाई पाखा लगाएर विदेशी राजालाई सम्मान गरेको टिप्पणी गरेका छन्। उनले नेपालका राजालाई पनि सम्मान गर्न आग्रह गरेका छन्। 

विदेशीको योजनामा नेपालका राजालाई पाखा लगाइएको उनको भनाइ  छ। उनले नेपालका राजालाई पनि स्थान,श्रीपेच र इज्जत दिन माग गरेका छन्।

'कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ,उनले भने,'आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरूले विदेशकै राजालाई भएपनि सम्मान दिएछ। नेपालको राजालाई पनि आफ्नो स्थान,श्रीपेच र इज्जत देऊ ।'

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै सरकारलाई ४० बुँदै ज्ञापनपत्र बुझाएको छ।

कतारका राजा थानीले नेपालमा राष्ट्रपति रामचन्द्र पौडेल  र प्रधानमन्त्री पुष्पकमल दाहाललगायतसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यसूची रहेको छ। थानी राष्ट्रपति पौडेलको निमन्त्रणमा दुई दिने भ्रमणमा नेपाल आउनका लागेका हुन् । भ्रमणका क्रममा द्विपक्षीय सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.