एमालेले गर्‍यो पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान

एमालेले गर्‍यो पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान
तस्बिर : रासस

काठमाडौं : नेकपा एमालेले ‘गौरव पदक’ बाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गरेको छ। सोमबार नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हिरक महोत्सवमा पूर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट एमालेले सम्मान गरेको हो। 

समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान प्रदान गरेका हुन्। भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन्। गणतन्त्रको स्थापनासँगै संविधानसभाबाट संविधान जारी भएपछिको पहिलो राष्ट्रपति पनि भण्डारी नै हुन्। २०७२ असोजदेखि २०७९ फागुन २८ गतेसम्म उनीलगायत नेपालको राष्ट्रपति भइरहिन्।

लामो समय एमालेको राजनीतिमा पनि उनी सक्रिय भइन्। महेन्द्र मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष हुँदै राजनीतिमा स्थापना भण्डारी २०५० साल जेठ ३ गते दासढुंगामा तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीको निधनसँगै विद्या भण्डारी पूर्णरूपमा राजनीतिमा होमिएकी हुन्।

आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने निर्णय गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए। 

भण्डारीले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएको योगदान र  राष्ट्रिय स्वाभिमान रक्षाका खातिर लिएको अडान, राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतिपूर्ण अवस्थामा भण्डारीले महत्वपूर्ण ढंगले भुमिका खेलेको उनलाई राष्ट्रिय गौरव पदकले सम्मान गर्ने प्रस्ताव गरेको हो।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलगायतको सहभागिता थियो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.